चितवन मत्स्य महोत्सवको तयारी तिव्र

चितवन मत्स्य महोत्सवको तयारी तिव्र

चितवन, मंसिर २७–

नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा हुन लागेको दोस्रो चितवन मत्स्य महोत्सव २०७३ को तयारी तिव्र पारिएको छ ।
यही पुस १ देखि ५ गतेदेखि भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा हुन लागेको महोत्सवका अहिले व्यापक तयारी भईरहेको हो । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम रहेको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो ।

fish-pound
अहिले महोत्सवको प्रचार–प्रसारका साथै प्रदर्शनी स्थलमा स्टल निर्माणलगायतका कामहरु भईरहेको प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । महोत्सवमा करिव ५० वटा स्टलहरु रहने छन् ।
यस महोत्सवले स्वदेशी माछाको प्रवद्र्धनको साथै युवाहरुलाई स्वदेशमै सीप र क्षमतालाई प्रयोग गर्नमा सकरात्मक सन्देश दिनमा सफल हुने मत्स्य व्यवसायी नारायण शर्माले बताउनुभयो । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
चितवनमा हाल एक हजार २ सय ५५ जना मत्स्य व्यवसायीहरु रहेका छन् । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा हाल दुई हजार ७३ वटा माछा पोखरी र वार्षिक दुई हजार २ सय ६४ मेट्रिक टन माछा उत्पादन हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ