Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘जेठ १ मा निर्वाचन, फागुन ८ भित्रै मिति तय’ – Gaule Khabar

‘जेठ १ मा निर्वाचन, फागुन ८ भित्रै मिति तय’

‘जेठ १ मा निर्वाचन, फागुन ८ भित्रै मिति तय’

काठमाडौँ,माघ २८ –

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच लामो समयपछि वार्ता भएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको वार्तामा जेठ १ गते निर्वाचन गर्ने गरी फागुन ८ गतेभित्रै मिति तोक्न दुई शीर्ष नेता सहमत भएका छन् । लामो समयपछिको संवादहीनताको अवस्था तोड्दै भएको द्विपक्षीय छलफलमा निर्वाचनको विषयमा छलफल भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

“हामीले सरकारलाई निर्वाचनको मिति तोक्न भन्यौँ, सरकार त्यसमा सकारात्मक देखिएको छ,” उनले बाह्रखरीसँग भने ।
त्यस्तै, उपाध्यक्ष श्रेष्ठका अनुसार चुनावमा नजाने हो भने मुलुक प्रतिगमनको दिशामा अघि बढ्ने हुँदा जसरी पनि जेठमा चुनाव गराउन दुई नेता सहमत भएका छन् ।“जेठ १ गते निर्वाचन गराउन फागुन ८ भित्रै मिति तोक्न दाहाल–ओली सहमत हुनुभएको छन्,” उनले भने, “संविधान संशोधन प्रक्रिया पनि अघि बढाउने, चुनावी प्रक्रिया पनि नरोक्नेबारे दुई पक्षबीच छलफल भयो ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका