Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नयाँ शक्ति जिउँदो माछा, पुराना शक्तिहरु मरेको माछाः डा. भट्टराई – Gaule Khabar

नयाँ शक्ति जिउँदो माछा, पुराना शक्तिहरु मरेको माछाः डा. भट्टराई

नयाँ शक्ति जिउँदो माछा, पुराना शक्तिहरु मरेको माछाः डा. भट्टराई

हेटौंडा, माघ २७–

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नयाँ शक्तिलाई जिउँदो माछा र पुराना पार्टीहरुलाई मरेको माछाको संज्ञा दिएका छन् ।
नयाँ शक्ति पार्टी, मकवानपुर जिल्ला प्रशिक्षण विभागको आयोजनामा हेटौंडामा भएको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक डा.भट्टराईले मरेको माछा बगेको पानीको बहाबसंगै बग्ने र जिउँदो माछा पानीको बहाबको बिपरीत भन्दै पुराना शक्तिहरु अरुले हिडेको सहज बाटो हिंडिरहेकोले उनिहरु मरेको माछा सरह भएको बताए । नयाँ शक्ति अरुले हिडेको भन्दा आफैले बनाएको पानीको बहाब भन्दा बिपरीत शाहसिक बाटो हिंडिरहेकोले नयाँ शक्ति जिउँदो माछा भएको डा. भट्टराईको जिकिर थियो ।
त्यस्तै पार्टीका सह–संयोजक रामचन्द्र झाले के.पी. ओलीले नेपाल भित्र मधेस नदेखेको र सिके राउतले मधेस भित्र नेपाल नदेखेकाले दुबै उस्तै अतिवादी भएको टिप्पणी गरे । कार्यक्रममा पार्टीका प्रदेश नं. ३ का संयोजक गंगा नारायण श्रेष्ठले घर–घरमा नयाँ शक्ति अभियान बारे जानकारी दिएका थिए । प्रदेश नं.३ का प्रशिक्षण विभाग संयोजक हरिराम रिमालले नयाँ शक्तिको दर्शन अग्रपन्थी फ्रन्टिस्ट भएको र नेपाल अहिले चीन÷भारतको तिब्र आर्थिक वृद्धिको साक्षी रहेको भन्दै आर्थिक समृद्धि र भौतिक बिकाशको लागि अहिले जस्तो उर्बर समय कहिलै नआउने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका