Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
भजन किर्तनबाटै ४ लाख संकलन – Gaule Khabar

भजन किर्तनबाटै ४ लाख संकलन

भजन किर्तनबाटै ४ लाख संकलन

चितवन,माघ २६

खैरहनी नगरपालिका १५ शान्तिवजारमा मन्दिरको जीर्णोद्धार तथा मर्मत सम्भारका लागी करिव ४ लाख रुपैया संकलन भएको छ । मंगलवार वेलुकादेखी बुधवार विहान सम्म भएको लक्ष्यद्धिप तथा अखण्ड किर्तनबाट सो रकम संकलन भएको हो । शान्तिवजार स्थित सिद्धी विनायक गणेश मन्दिर र शिव मन्दिरको जीर्णोद्धार तथा मर्मत सम्भारका लागी सामुहिक रुपमा १२ घण्टे अखण्ड किर्तन गरिएको थियो ।

सो अवसरमा स्थानिय सुर्य प्रसाद थपलियाले एक्लैले ५० हजार १ सय ५५ रुपैया प्रदान गरे । त्यस्तै राप्ती नगरपालिका भवानी वजारका शालिकराम अधिकारीले ३५ हजार ५५५ रुपैया ,सोही स्थानका रुद्र प्रसाद अधिकारीले १६ हजार १७ रुपैया प्रदान गरेको स्थानिय अगुवा वालकृष्ण उप्रेतीले जानकारी दिए । सोही अवसरमा १० हजार वरावरको जिन्सी सामान पनि संकलन भएको छ । संकलित रकमबाट ति दुई वटा मन्दिरको जीर्णोद्धार गरिनुका साथै मर्मत सम्भारको काम केही समयपछि सुरु गरिने अर्का स्थानिय अगुवा रामशरण खड्काले वताए । लक्ष्यद्धिप प्रज्वलन तथा अखण्ड भजन किर्तन अघि पुरोहितहरुबाट पाठ पारायण,हवन पुजापाठ गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका