Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवन औद्योगिक प्रदर्शनी केन्द्रको प्रधानमन्त्रीद्धारा शिलन्यास – Gaule Khabar

चितवन औद्योगिक प्रदर्शनी केन्द्रको प्रधानमन्त्रीद्धारा शिलन्यास

चितवन औद्योगिक प्रदर्शनी केन्द्रको प्रधानमन्त्रीद्धारा शिलन्यास

चितवन, माघ २६–

चितवन उद्योग संघको अगुवाईमा मध्य नेपालको गौरवको रुपमा निर्माण हुन लागेको “चितवन प्रदर्शनी केन्द्र”को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलन्यास गर्नुभएको छ ।

औद्योगिक प्रदर्शनी मैदान, भरतपुरमा आज एक भव्य समारोहकाबीच प्रधानमन्त्री दाहालले केन्द्रको शिलन्यास गर्नुभएको हो । चितवन उद्योग संघले २ बिगाहा ७ कठ्ठा १÷२ धुर जमिनमा सो प्रदर्शनी केन्द्र निर्माण गर्न लागेको संघका वरिष्ठ उपाध्यक्ष एवंम निर्माण समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो । घरेलु उद्योग कार्यालयको नाममा रहेको सो जग्गा चितवन उद्योग संघले २९ वर्षका लागि लिजमा लिएर आधुनिक प्रदर्शनी केन्द्र निर्माण गर्न लागेकोे हो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले प्रदर्शनी केन्द्र द्रुतगतिमा निर्माण हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदर्शनी केन्द्र निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धतना जनाउनुभयो ।
प्रदर्शनी केन्द्रको निर्माणका लागि कुल लागत ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसका लागि रू.१५ करोड रुपैँया नेपाल सरकारसँग अनुदानका रुपमा माग गरिएको वरिष्ठ उपाध्यक्ष दुवाडीले जानकारी दिनुभयो । अपुग १५ करोड रुपैयाँका लागि चितवन उद्योग संघका सदस्यहरु एवम् देशविदेशमा बसोबास गर्ने विकास प्रेमी नागरिकहरु, संघ संस्थाहरुसँग सकंलन गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।
यस प्रदर्शनी केन्द्रमा सुविधा सम्पन्न ठूला तिनवटा प्रदर्शनी भवनहरु रहनेछन् । जसमा प्रति हल एक सय वटा स्टलहरु बन्ने छन् । यस परियोजना भित्र सचिवालय, बालउद्यान, फुट कोर्ट र अपाङ्गमैत्री शौचालय रहने छन् । प्रदर्शनी केन्द्रलाई वातावरण मैत्री बनाउन प्रयास गरिएको छ । निर्माण कार्य शुरु भए पश्चात २ वर्ष भित्र यो परियोजना सम्पन्न गरि सक्ने संघका अध्यक्ष भीमबहादुर पाण्डेले बताउनुभयो ।

शिलन्यास कार्यक्रममा साँसदहरु शेषनाथ अधिकारी, रामकृष्ण घिमिरे, कृष्णभक्त पोखरेल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी पथिक, राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिना, नयाँ शक्ति नेपालका जिल्ला सहसंयोजक पदमबहादुर गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । चितवनका उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पनन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका