चितवन, माघ २०–
जनहित सेवा प्रतिष्ठान काठमाडौंले चितवनका दुई जना सामाजिक अभियान्तालाई पुरस्कार राशी सहित सम्मान गरेको छ ।
प्रतिष्ठानले खैरहनी उच्च मावि जन्मोत्सव तथा स्मृति छात्रबृत्ती अक्षय कोषका अध्यक्ष मुरलीप्रसाद गजुरेल र गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकरण शर्मालाई जनही १६ हजार ५ सय नगद सहित सम्मान गरेको हो । गजुरेल र शर्मालाई गरिव तथा सिमान्तकृत समुदायका बालबालिकालाई शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रतिष्ठानले सम्मान गरेको हो ।
गजुरेलले खैरहनीमा अक्षयकोष स्थापना गरी गरिव तथा सिमान्तकृत समुदायका वालवालिकालाई शिक्षाको लागि सहयोग गर्दै आएका छन भने शर्माले केन्द्र सञ्चालन गरी चेपाङ बालबालिकाहरुलाई शिक्षा प्रदान गरिरहेका छन् । जगुरेलले आफुले पुरस्कार स्वरुप पाएको रकम अक्षयकोषमा राख्ने र शर्माले आफुले पाएको रकम चेपाङ बालबालिकाको स्वास्थ्य उपचारको लागि खर्च गर्ने घोषणा गरेका छन् । जगुरेल र शर्मालाई बुधवार प्रतिष्ठानले सम्मान गरेको हो ।