Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणगढ र भरतपुरलाई व्यवस्थित बनाउन अण्डरग्राण्ड पार्किङ र आकाशे पुल – Gaule Khabar

नारायणगढ र भरतपुरलाई व्यवस्थित बनाउन अण्डरग्राण्ड पार्किङ र आकाशे पुल

नारायणगढ र भरतपुरलाई व्यवस्थित बनाउन अण्डरग्राण्ड पार्किङ र आकाशे पुल

चितवन, माघ २६–

चितवनको व्यस्त बजार नारायणगढ र भरतपुर क्षेत्रमा अण्डरग्राण्ड पार्किङ र आकाशे पुल अनिवार्य रुपमा बनाउनुपर्ने भएको छ । ट्राफिक व्यवस्थापन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएसँगै नारायणगढ र भरतपुर बजारको व्यवस्थापनका लागि नयाँ निर्णयहरु भएका छन् । नारायणगढ र भरतपुर बजार व्यवस्थापनका लागि सर्वपक्षीयरुपमै पहिलोपटक अभूतपूर्व निर्णय गर्दै अन्डरग्राण्ड पार्किङ र आकाशे पुल निर्माणमा जोड दिइएको हो ।
गत माघ २ गते ट्राफिक प्रहरीको संयोजकत्वमा भरतपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, सडक विभाग, स्थानीय टोल सुधार समितिको संयुक्त अध्ययन टोली बनेको थियो ।
ट्राफिक व्यवस्थापनको दीर्घकालीन उपायका रुपमा भरतपुर उपमहानगरपालिकाबाट घरको नक्सा पास गर्दा घरमै पार्किङको व्यवस्थापन यथासम्भव अन्डर ग्राउण्ड भएको नक्सा मात्र पास गर्ने व्यवस्था लागू गर्न उपयुक्त हुने भन्दै यसको कार्यान्वयनमा ध्यान दिन सर्वपक्षीय निर्णय भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा भएको सर्वपक्षीय बैठकले नारायणगढ बजार इलाकामा बैक तथा वित्तिय संस्थाहरुको गाडीको व्यवस्थापन सम्बन्धित संस्थाले आफै गर्नुपर्ने भएको छ ।
बजारमा व्यापार व्यवसाय गर्ने र स्थानीयबासीको गाडीसमेत लामो समयसम्म सडकमा पार्किङ गरेको पाइएपछि बजारमा रहेका बैक तथा वित्तीय संस्थाहरुलले आफ्ना गाडी पार्किङकोलागि आफै व्यवस्था गर्ने र सडक तथा फुटपाथमा पार्किङ नगर्ने भनी अल्पकालीन निर्णय गरिएको छ । सेवाग्राहीका सवारी साधन पार्किङको लागि आप्mनै पार्किङ स्थल राख्ने व्यवस्था गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
ट्राफिक व्यवस्थापनमा समेत असहज भएपछि ट्राफिक व्यवस्थापनमा नयाँ नीति अपनाइएको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए ।
साना भाडाका सवारीका हकमा नयाँ नियम बनाइएको छ । जसअनुसार नारायणगढ बजारमा लायन्स चोकदेखि पुल्चोक सम्म दुबैतर्फको सडकको पेटी माथिको ढल रहेको पैदल यात्री हिड्ने बाटोमा सडकबाट पाइप राखी पानीको निकास निकाली सो माथि स्लोप निकालेर छोटो समय सम्म रहने सेवाग्राहीहरुका चार चक्के साना सवारी तथा हाल रहेका ट्याक्सी स्टैण्डहलाई समेत सडक पेटीमा उकाल्ने व्यवस्था गरिने प्रहरी प्रमुख एसपी थापाले जानकारी दिए ।

नारायणगढको शहीदचोकदेखि मिलन रोड/प्रगतिपथ हुँदै क्षयरोग चोकसम्म, पुल्चोकदेखि नारायणगढ बसपार्कसम्म, मूल सडकदेखि मैयादेवी मार्गसम्म, मूल सडकदेखि कमल नगरसम्म, शहीद चोकदेखि बेलचोकसम्म, मूल सडकदेखि प्रेस मार्ग अन्तसम्म, लायन्स चोकदेखि आनन्द मार्ग हुँदै लंकू पुलसम्म, जुनहल रोड, भृकुटीपथ, पुतली बजार, मीना बजार, हरिहर मार्ग सम्मका सडकहरु र पुलचोकबाट उद्योग वाणिज्य संघ तर्फको नारायणी पथमा महिनामा पन्ध्र पन्ध्र दिनको समय कायम गरी सडकमा पार्किङ गरी एकतर्फी एकलाइन मात्र पार्किङको व्यवस्था गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
राजमार्ग तथा शाखा सडकहरुमा सामान लोड तथा अनलोड गर्ने समय व्यवस्थापन सम्वन्धमा पनि नयाँ निर्णय भएको छ ।
यस प्रस्तावका सम्वन्धमा पेस भएको अध्ययन प्रतिवेदन अनुसार नारायणगढको लायन्सचोकदेखि पुलचोक र पुलचोकदेखि नारायणगढ बसपार्कसम्मको सडक मुख्य राजमार्गमा पर्ने र नारायणगढका अन्य भित्री सडकहरु समेत अत्यन्त व्यस्त भएकोले साँझ ७ बजे देखि बिहान ७ बजे सम्म मात्र ठूला तथा मझौला सवारीबाट सामान लोड अनलोड गर्न पाउने व्यवस्था मिलाउने र दिनको अन्य समयमा साना सवारीबाट सामान लोड अनलोड गर्दा पार्किङ भएको दिशातर्फ एक लाइनमा मात्र गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।
चौबिसकोठी चोकदेखि लायन्सचोक सम्मको सडकमा सेन्टरलाइन कोरिएको भए पनि सडक फराकिलो भएका कारण लेन अनुशासन कायम नभई सडक दुर्घटनामा वृद्धि भएकोले चौबिसकोठीदेखि लायन्स चोकसम्मको सडकमा रेक्टो रिफ्लाक्टिभ मेडियन राख्ने निर्णय भएको पन्तले बताए ।
पुल्चोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिम चोक र बसपार्क चोकलगायत स्थानहरुमा यथाशीघ्र ट्राफिक बत्ती जडान गरी ट्राफिक आवागमनलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
नारायणगढ बजार तथा भरतपुरसमेतको समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्नकोलागि आकाशे पुलहरु अत्यन्त आवश्यक भएको भन्दै पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिस कोठी, हाकिम चोक र बसपार्क चोकलगायत स्थानहरुमा यथाशीघ्र ओभरहेड ब्रिज राखी ट्राफिक आवागमनलाई व्यवस्थित गर्ने निर्णय भएको छ ।
त्यस्तै अन्य निर्णयहरुमा नारायणगढ तथा भरतपुर क्षेत्रको मुख्य सडक चोकको ५० मिटर वरपर कुनै पनि सवारी रोक्न, पार्किङ गर्न नपाइने व्यवस्था लागू गर्ने, डिभिजन सडक कार्यालयले लायन्स चोकको पुङ्गी खोला र भरतपुर ओरालोको नहरको बाटोलाई तत्कालै विस्तार गरी बाआवागमन सुचारु गर्ने, डिभिजन सडक कार्यालयले पुलचोकमा बायाँ लेन क्लियर गर्न, आनन्द मार्गबाट लायन्स चोक तर्फ प्रवेश निषेध गर्ने छ । त्यस्तै पुलचोकको आइलेन्डबाट बाहेक नारायणी पुलसम्मको सडकमा यू टर्न गर्न निषेध गर्ने, नारायणगढ जेसीस तर्फबाट पुलचोकतर्फ आउदा दाहिने मोड्न निषेध गर्ने, पुलचोक र शहीदचोकमा रहेको जेब्रा क्रसिङ केही पछाडि डिभाइडर तर्फ सार्ने निर्णय भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका