Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वाइसीएल केपी ओलीको पछि लागेपछि वाइसीएलको पछि लाग्यो प्रहरी – Gaule Khabar

वाइसीएल केपी ओलीको पछि लागेपछि वाइसीएलको पछि लाग्यो प्रहरी

वाइसीएल केपी ओलीको पछि लागेपछि वाइसीएलको पछि लाग्यो प्रहरी

काठमाडौं,माघ २१-

प्रहरीले सरकार नेतृत्वकर्ता माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलको गतिविधिप्रति सुक्ष्म निगरानी बढाएको छ । वाइसीएलको एकता भेलाले एमाले अध्यक्ष केपी ओली र डा. सिके राउत मुलुक विखण्डनको षड्यन्त्रमा रहेको निस्कर्ष निकाल्दै दुवैको प्रतिकार गर्ने चेतावनी दिएपछि प्रहरी चनाखो भएको हो ।

नेपाल प्रहरीका एक डिआईजीले वाइसीएल विगतमा जस्तै सक्रिय हुने सम्भावना बढेकाले समयमै सतर्कता अपनाइएको काठमाण्डु टुडेलाई बताए । उनले वाइसीएल एमाले कार्यकार्तामाथि जाइलागे राजनीतिक भिडन्त हुने खतरा रहेको मूल्याँकनसहित वाइसीएलका गतिविधिलाई नजिकबाट हेरिरहेको बताए । वाइसीएलसहित विभिन्न युवा संगठनको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकमा प्रतिगामी हावा बगेकाले त्यस्तो हावा बगाउने प्रवृत्तिविरुद्ध प्रतिकारमा उत्रन वाइसीएललाई निर्देशन दिएका थिए ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका वाइसीएल इन्चार्ज मणि थापाले परिवर्तन उल्ट्याउन खोज्ने प्रवृत्तिको वाइसीएलले प्रतिकार गर्ने बताए । ‘मुलुकमा परिवर्तन उल्ट्याउन षड्यन्त्र भइरहेको छ’, थापाले भने, ‘पार्टी अध्यक्षले परिवर्तनको प्रवाहलाई उल्टो दिशामा लैजान खोज्नेमाथि जाइलाग्न निर्देशन दिनुभएअनुसार वाइसीएल परिचालित हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका