Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘दोस्रो चितवन मत्स्य महोत्सव’ भोलीदेखि, तयारी पुरा – Gaule Khabar

‘दोस्रो चितवन मत्स्य महोत्सव’ भोलीदेखि, तयारी पुरा

‘दोस्रो चितवन मत्स्य महोत्सव’ भोलीदेखि, तयारी पुरा

चितवन, मंसिर ३०–

चितवनको भरतपुरमा भोली (शुक्रबार)देखि ‘दोस्रो चितवन मत्स्य महोत्सव–२०७३’ सुरु हुँदैछ ।

नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा महोत्सव सुरु हुन लागेको हो । यही पुस १ देखि ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा महोत्सव हुन लागेको हो । ‘स्वदेशी माछा खाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको भोली १२ बजे कृषि राज्य मन्त्री राधिका तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव सचिवालय सदस्य नारायण शर्माले जानकारी दिनुभयो । महोत्सव उद्घाटन अघि विहान १० बजे र्याली समेत निकालिने छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।

महोत्सवको विशेष आकर्षणको रुपमा आधुनिक प्रविधियुक्त माछा पोखरी प्रदर्शनी, माछाका परिकार, थारु विशेष खानाका परिकार, माछा बनाउने तथा खाने तरिकाको बारे जानकारी, बाल उद्यान, राष्ट्रिय एवंम स्थानीय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम रहेको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष रमेश पाण्डेले जानकारी दिनुभयो ।

fish-mela-2
महोत्सवमा करिव ५० वटा स्टलहरु रहने प्रचार–प्रसार समितिका संयोजक लुलाराज तामाङले जानकारी दिनुभयो । यस महोत्सवले स्वदेशी माछाको प्रवद्र्धनको साथै युवाहरुलाई स्वदेशमै सीप र क्षमतालाई प्रयोग गर्नमा सकरात्मक सन्देश दिनमा सफल हुने तामाङले बताउनुभयो । महोत्सवमा प्रवेशका लागि ३० र २० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । टिकट लिएर प्रवेश गर्नेहरुका लागि माछाको सुप निःशुल्क समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका