Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘मेरो पैसा खोइ’ को छायांकन सुरु – Gaule Khabar

‘मेरो पैसा खोइ’ को छायांकन सुरु

‘मेरो पैसा खोइ’ को छायांकन सुरु

काठमाडौं,माघ २५ –

रोज राणाको निर्माण चलचित्र ‘मेरो पैसा खोइ’ को छायांकन सुरु भएको छ । मंगलबारबाट छायांकन सुरु गरिएको निर्माता रोज राणाले जानकारी दिए ।

“आजबाट हामी तीन दिन पुलती सडकको एउटा अफिसमा खिचिरहेका छौं, तीन दिन यो खिचिसकेपछि हामी पोखरा, लुम्बिनी र मुस्ताङतर्फ जान्छौं,” निर्माता राणाले भने, “त्यसपछी फेरी बाँकी छायांकन हुन्छ ।” चलचित्र ४५ दिनमा खिच्ने लक्षय रहेको राणाले बताए ।

‘मेरो पैसा खोइ’ लाई भारतीय चलचित्र निर्देशक विवेक शर्माले निर्देशन गरिरहेका छन् ।

कमेडी जनरामा बन्न लागेको चलचित्रमा कथा, पटकथा तथा संवाद सबै विवके शर्मा स्वयम्को छ । चलचित्र १८ भाषामा निर्माण हुँदैछ । १८ भाषामा पहिलोपटक चलचित्र बनाएर गिनिज बुकमा नाम लेखाउने विवेकको तयारी छ ।

तीन करोड बजेटमा निर्माण हुने चलचित्र भारतीय बजारमा पनि रिलिज गर्ने निर्देशक शर्माले बाह्रखरीसँग बताए । “यो चलचित्र म भारतमा पनि रिलिज गर्छु, प्रिमियरमा अमिताव साहेब, सारुख खानलाई पनि बोलाउँछु,” उनले भने, “चलचित्रको राम्रो व्यापार हुन्छ भन्ने विश्वास छ । आशा गरौं यो चलचित्र सँगै नेपाली चलचित्रले भारतमा पनि आफ्नो बजार खोज्नेछन् ।”
चलचित्रमा सौगात मल्ल, वर्षा राउत, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गर्दैछन् ।

“चलचित्र राम्रो बन्छ र यसले भारतमा नेपाली चलचित्रको बजार खोज्न सुरु गर्छ भन्ने मेरो विश्वास छ,” निर्माता राणाले भने, “भारतीय स्टार कलाकारहरुसँग दशकौं काम गरिसकेको अनुभव भएको व्यक्तिले बनाउन लागेको चलचित्र पक्कै पनि राम्रो हुन्छ भन्ने विश्वासले नै चलचित्रमा लगानी गरेको हुँ ।”

भारतीय बक्स अफिसमा राम्रो व्यापार गरेको चलचित्र ‘भुतनाथ’ विवेक शर्मा निर्देशित चलचित्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका