पार्टी अझै बलियो बन्योः मन्त्री पाण्डे

पार्टी अझै बलियो बन्योः मन्त्री पाण्डे

चितवन, मंसिर १७–

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा भूमी सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले राष्ट्रियता रक्षाको निम्ति पार्टी एक भएको बताउनुभएको छ ।
आज चितवनको पाटी एकीकरण सभामा बोल्दै मन्त्री पाण्डेले राजनीति संभावनाको खेल भएकाले विगतमा कमीकमजोरी भुलेर अब नयाँ तरिकाले अघि बढेको बताउनुभयो । आगामि निर्वाचनमा राप्रपाले बलियो प्रतिनिधित्व समेत गर्ने उहाँको भनाई थियो । मन्त्री पाण्डेले आफू चितवनबासी भएकाले जिल्ला पार्टीलाई एकीकृत र व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–“पार्टी अझै बलियो बनेको छ, म कुनै कमीकमजोरी आउन दिन्न, मेरो सहयोग सदा रहन्छ ।”
कार्यक्रममा बोल्दै साँसद गणेश थापाले पार्टीको एजेन्डा कहिल्यै परिवर्तन नहुने भन्दै यसप्रति सबै विश्वस्त भएर लाग्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ