Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग – Gaule Khabar

गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग

चितवन,माघ २४-

गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ संरक्षण वालवालिकालाई ठुलो परिमाणमा खाद्यान्न सहयोग भएको छ । नारायणी मोटर्स नारायणगढका सञ्चालक वालगोपाल चुके र उनकी धर्मपत्नी अनुषा चुकेले वालवालिकालाई खाद्यान्न सहयोग गरेका हुन । चुके दम्पत्तीले वालवालिकाकाश लागि चामल ५० बोरा,दाल ८ बोरा,तेल १०० लि.मसला ८ किलो,बेसार ६ किलो,स्वयविन १० बोरा,केराउ ५ बोरा र भूजा ८ बोरा सहयोग गरेका हुन ।

केन्द्रमा आयोजित कार्यक्रममा चुके दम्पत्तीले सो खाद्यान्न वालवालिकालाई हस्तान्तरण गरेका हुन । चुके दम्पत्तीले केन्द्रमा आश्रित बालवालिकाको शिक्षाको लागि स्थापनाकाल देखि नै सहयोग गर्दैै आईरहेका छन । व्यवसायी चुकेले चेपाङ वालवालिकालाई केही कुराको पनि अभाब हुन नदिने बताए । केन्द्रमा १२५ जना आवसीय सुविधा सहित अध्ययन गरिरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका