Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपाललाई द्धन्द्ध फैलाउने उद्योगको रुपमा प्रयोग गरियोः ओली – Gaule Khabar

नेपाललाई द्धन्द्ध फैलाउने उद्योगको रुपमा प्रयोग गरियोः ओली

नेपाललाई द्धन्द्ध फैलाउने उद्योगको रुपमा प्रयोग गरियोः ओली

कृष्ण आचार्य,

नेपालगन्ज,मंसिर २७-

प्रमुख विपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई द्धन्द्ध फैलाउने उद्योगका रुपमा प्रयोग गर्न खोजिएको वताएका छन् ।उनले नेपालमा जात ,धर्म र सम्प्रदायका नाममा द्धन्द्ध फैलाउने तत्व सक्रिय रहेको वताए ।प्रेस चौतारी बांके शाखाले आज नेपालगन्जमा गरेको पत्रकार सम्मेलनमा वोल्दै ओलीले जात र धर्मका नाममा द्धन्द्ध फैलाउने प्रोप्राइटरहरु धेरै समय नटिक्ने वताए । उनले अहिले सरकारले ल्याएको संविधान संसोधन पनि सोहि योजना अनुरुप आएको आरोप लगाए ।

ओलीले संविधान संसोधनका चार ओटै बुंदा जनविरोधी रहेको भन्दै त्यो कुनै हालतमा पास नहुने ठोकुवा गरे ।ओलीले भने– यो राष्ट्रिय हित अनुकुल छैन,यसले सद्भाव खलवल पार्ने र त्यसैका नाममा राष्ट्रियता कमजोर पार्ने काम गर्छ ।प्रदेश ५ का जनता र त्यहांका जनप्रतिनिधिले पहाड र तराइ छुट्याउन हुदैन भनेका छन्,आखिर कस्को माग पुरा गर्न संविधान संसोधन गर्ने ओलीले प्रश्न गरे ।पुर्व पश्चिमका नेता भन्दा स्थानिय जनता र जनप्रतिनिधिहरुलेनै त्यस क्षेत्रको फैसला गर्नुपर्ने ओलीको भनाई छ । अहिलेको सरकार जनताको विरुद्धधमा उत्रेको समेत ओलीले आरोप लगाए ।

अवको निकास के त ?भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘ यो सरकारले संसदमा पेश गरेको प्रस्ताव फिर्ता लिनुनै उपयुक्त समाधान हो ।यसले न मोर्चाको माग संवोधन हुन्छ,न प्रदेशका जनताको ।उनले जनताले नचाहेको प्रस्ताव जवरजस्त लाद्न खोज्नु राष्ट्रघात हुने समेत चेतावनी दिए ।

देशलाई गतिशिल वनाउदै समृद्धिमा लैजाने र पछाडी फर्काउन चाहाने विचको लडाइ हो यो ,उनेले भने– तपाइहरु ढुक्क हुनुहोस त्यसो हुन एमाले दिदैन् ।मधेशवादी दलले जनताको शिक्षा स्वास्थ र रोजगारको कुरा नगर्ने तर पहिचानको मात्र कुरा गरेर जनता अल्मल्याएको ओलीको भनाई छ ।

15435749_1457463350970993_239354573_n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका