Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा – Gaule Khabar

म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा

म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा

म्याग्दी (बेनी), माघ २५ –

म्याग्दीको अत्यन्त दुर्गम कुइनेमङ्गले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ ।

१५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अङ्क अक्षर चिन्न र पढ्नसक्ने भएपछि सोमबार एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो ।

सो अवसरमा सांसद् रेशम बानियाँले शैक्षिक जागरणबाट मात्रै सामाजिक परिर्वतन सम्भव भएको बताउँदै दुर्गम क्षेत्रमा देखिएको शैक्षिक जागरणले अन्य क्षेत्रलाई पनि पाठ सिकाएको छ भन्नुभयो ।

उहाँले सो गाविसमा माध्यामिक विद्यालय सञ्चालनका लागि शिक्षकको दरबन्दी र भौतिक पूर्वाधार विकासमा आफूले सकदो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गाविस सचिव जीतबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले साक्षरता अभियानले तीव्रता पाइरहेकाले जिल्लालाई छिट्टै साक्षर जिल्ला घोषणा गरिने बताउनुभयो ।

स्वास्थ्य बिमा गरेकालाई निःशुल्क उपचार

सामाजिक स्वास्थ्य सुरक्षा ९स्वास्थ्य बिमा० गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् ।

सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताउनुभयो ।

“बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु” डा न्यौपानेले भन्नुभयो ।
म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ । बिमा सेवामा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४२५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका