Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तोकिएको मापदण्ड पूरा नगर्ने ३५० विद्यालयको खाता रोक्का – Gaule Khabar

तोकिएको मापदण्ड पूरा नगर्ने ३५० विद्यालयको खाता रोक्का

तोकिएको मापदण्ड पूरा नगर्ने ३५० विद्यालयको खाता रोक्का

खोटाङ, माघ २५ –

जिल्ला शिक्षा कार्यालय खोटाङले व्यवस्थापन र कार्य सम्पादनमा कमजोर भएका ३५० विद्यालयको खाता रोक्का गरेको छ ।

विभिन्न योजना जिम्मा लिएर समयमा पूरा नगर्ने, बेरुजु फस्र्यौट नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने, व्यवस्थापन समिति गठनमा बेवास्ता गर्ने विद्यालयको खाता रोक्का गरेको हो ।
जिल्लाका प्रावि, निमावि र मावि गरी ४ सय ९० विद्यालय मध्ये १ एक ४० विद्यालयको मात्र कार्य सम्पादन चुस्तदुरुस्त पाइएको शिक्षाले जनाएको छ । खाता रोक्का हुँदा शिक्षक तलब लिनबाट वञ्चित भएका छन् ।
शैक्षिक ऐननियम अनुसार विद्यालय सञ्चालनका लागि दबाब सिर्जना गर्न खाता रोक्का गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताउनुभयो । मापदण्ड पूरा गर्दै आउने विद्यालयको क्रमशः खाता फुकुवा गरिने शिक्षाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका