पर्सामा धान उत्पादन ६० प्रतिशतले बढ्यो, २ लाख १२ हजार मेट्रिक टन धान उत्पादन

पर्सामा धान उत्पादन ६० प्रतिशतले बढ्यो, २ लाख १२ हजार मेट्रिक टन धान उत्पादन

राधेश्याम पटेल,

पर्सा मंसिर १७-

गत बर्षको तुलनामा यस बर्ष पर्सामा धान उत्पादन निकै बढेको छ। यसपाली धान उत्पादन ६० प्रतिशत वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ ।

गत वर्ष पर्सामा १ लाख ३२ हजार ५सय ६० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष २ लाख १२ हजार ७ सय ७५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय पर्सा प्रमुख वीरेन्द्र सिन्हाले बताए ।

गत बर्ष अगहनी २.९, भदैया ३.५ र चैते ३ मेट्रिक टन प्रति हेक्टर उत्पादन भएकोमा यस बर्ष तीन वटै धानको उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालयको तथ्याड्ढले देखाउ“छ।

यस बर्ष पर्सामा अगहनी ४.५, भदैया ४.५ र चैते ५.५ मेट्रिक टन प्रति हेक्टरको दरले उत्पादन भएको हो । जिल्ला कृषि विकास कार्यालय पर्साका कृषि प्राविधिक महेन्द्र कुशवाहाका अनुसार गत बर्ष पर्सामा अगहनी ३३ हजार २ सय १० हेक्टरमा लगाइएको थियो भने यस बर्ष यो धान ३५ हजार ८ सय हेक्टर क्षेत्रफलमा लगाइएको थियो । अगहनीमा  स्वर्णासब, सोना मन्सुली, सावित्री, रामविलासलगायतका धानको जात किसानहरुले लगाएका थिए ।

भदैया धान गत बर्ष ८ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएकोमा यस बर्ष ८ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको थियो । भदैयामा विशेषगरी किसानहरुले हर्दिनाथ, चैते ४, चैते ५, चैते ६, सुक्खा १, २, ३, ४, ५ लगायतको धानहरु लगाएका थिए ।

कृषि विकास कार्यालय पर्साको तथ्याड्ढले तेस्रो धान बाली अर्थात चैते धान गर्त बर्ष १ हजार ३ सय ५० हेक्टरमा लगाइएकोमा यस बर्ष २ हजार ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको जनाएको छ ।

चैते धानमा यस वर्ष किसानहरुले चैते, २, ४, ६ र हर्दिनाथ धानका वीउ“ रोपेका थिए । भदैया र चैते धानबालीमा हर्दिनाथ र चैतेका विभिन्न जातहरु लगाईन्छ । गत बर्षको तुलनामा यस बर्ष भारी उत्पादकत्व बढ्नुमा कृषि अनुकुल वर्षा हुनु मुख्य कारण रहेको कृषि प्राविधिकहरुको भनाई छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ