Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचन आयोगले स्थानीय निर्वाचन दुई चरणमा गर्न प्रस्ताव ,अब कहिले हुन्छ घोषणा ? – Gaule Khabar

निर्वाचन आयोगले स्थानीय निर्वाचन दुई चरणमा गर्न प्रस्ताव ,अब कहिले हुन्छ घोषणा ?

निर्वाचन आयोगले स्थानीय निर्वाचन दुई चरणमा गर्न प्रस्ताव ,अब कहिले हुन्छ घोषणा ?

काठमाडौं,माघ २४-

निर्वाचन आयोगले स्थानीय निर्वाचन दुई चरणमा गर्न प्रस्ताव गरेको छ । सरकारले गत विहिबारको मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको आवश्यक तयारी गर्न भनि पत्र पठाएसँगै आयोगले दुई चरणमा निर्वाचन गर्न सरकारसमक्ष आइतबार प्रस्ताव पठाएको हो ।

निर्वाचन आयोगका सचिव गोपीप्रसाद मैनालीले सरकारले दुई चरणमा निर्वाचन गर्ने गरी जेठ १ र जेठ २१ गतेको मिति प्रस्ताव गरेको लोकान्तरलाई जानकारी दिए । उनका अनुसार सो समयमा कसरी निर्वाचन गर्ने भनि प्रस्तावित सम्पूर्ण खाका समेत पठाइएको छ । यस्तै आयोगले सरकारको पत्रले आयोगलाई केहि अस्पष्टता भएको भन्दै सोबारे थप स्पष्टता गराउन पनि सरकारसमक्ष अनुरोध गरेको छ चुनाव गराउँदा स्थानीय तहको गर्ने या निकायको, कहिले गर्ने भन्नेलगायतका अस्पष्टता रहेको आयोगले बताउँदै आएको छ । त्यसमा स्पष्टता भए चुनावका लागि गर्नुपर्ने विभिन्न चरणका तयारी गर्न सहज हुने आयोगको भनाई छ ।

यसैगरी आयोगले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन आफूलाई उपलब्ध गराइदिनसरकारसाग अनुरोध गरेको छ भने निर्वाचनको तयारी गर्न बजेट अभाव रहेकाले रकम निकासाको माग पनि गरेको छ ।
‘हामीले निर्वाचन कसरी गर्ने भनेर प्रस्तावित कार्ययोजना बनाएका छौं, सो पनि सरकारलाई पठाएका छौं’, मैनालीले भने, ‘दुई चरणमा चुनाव गर्न हाम्रो प्रस्ताव छ त्यसका लागि पहिलो चरणमा २०७४ जेठ १ गते र दोस्रो चरणमा दोस्रो २१ गते गर्ने गरी खाकासहितको प्रस्ताव पठाएका छौं ।’ दुई चरणमा हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता, प्रचार प्रसारको समय, मतदान गर्ने मिति र समय, मतगणना लगायत विषय प्रस्तावित खाकामा रहेको मैनालीको भनाई छ ।

आयोगले प्रस्ताव पठाइसकेको भएपनि सरकारले निर्वाचनको मिति भने घोषणा नगरिदिँदा समस्या भएको निर्वाचन आयोगका अधिकारीहरुको भनाई छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि चनालले सरकार चुनाव गराउन प्रतिबद्ध रहेको भएपनि मधेसी दलसमेतलाई साथमा लिएर चुनाव घोषणा गर्न लागेकाले मिति तयमा केहि ढिलाई भएको बताए । यसअघि शनिबार सरकारी टेलिभिजनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनबारे केहि विवादहरु उठेकाले सोको टुंगो लगाउन एक कार्यदल बनेको र सो कार्यदलले प्रतिवेदन बुझाएसँगै चुनावको मिति घोषणा हुने बताएका थिए । बिहिबारको क्याबिनेट बैठकबाट गठन भएको कार्यदलले सो मितिको १५ दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका