Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्न माग – Gaule Khabar

नवलपरासीमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्न माग

नवलपरासीमा राष्ट्रिय सहकारी बैंकको शाखा खोल्न माग

नवलपरासी, माघ  ३ –

नवलपरासीमा क्रियाशिल सहकारी संघ संस्थाका प्रतिनिधिहरुले जिल्लामा सहकारी बैंकको शाखा स्थापना गर्न माग गरेका छन् ।

नवलपरासीको रामनगर भुमहीमा आइतवार आयोजित कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले छिटो भन्दा छिटो शाखा सञ्चालन गर्न माग गरेका हुन् ।

सहकारीमार्फत दिगो आर्थिक विकास गरी गरिवी निवारण गर्नका लागि सहकारी बैंकमार्फत सदस्य संघ संस्थाहरुको वित्तीय व्यवस्थापन गर्न शाखा आवश्यक परेको उनीहरुको भनाई छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले सहकारी संघ संस्थाको प्रवद्र्धनका लागि स्थापित सहकारी बैंकले सहकारी क्षेत्रको विकासमा वित्तीय तथा सक्षमता प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कुनका महासचिव चन्द्र ढकाल, राष्ट्रिय सहकारी संघका सञ्चालक भीम तुलाचन, नेफ्स्कुनका सञ्चालक कृष्ण नेपाल, सहकारी विज्ञ डा.खगराज शर्मा, राष्ट्रिय सहकारी बैंकका पूर्व सञ्चालक मुक्तिनाथ पाण्डे, डिभिजन सहकारी कार्यालय नवलपरासीका अधिकृत बुद्ध प्रकाश पौडेल, जिल्ला सहकारी संघका उपाध्यक्ष वृहस्पती अधिकारी, सिद्धार्थ बहुउद्देयीय सहकारी संस्थाका अध्यक्ष यामनाथ पाण्डे लगायतले बैंकका गतिविधिका बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता, बैंकका सञ्चालक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । बैंक बुटवल शाखाका प्रमुख नरेश पाण्डेले बैंकको परिचय सहितको प्रस्तुती गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका