Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन – Gaule Khabar

सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन

सीमामा निगरानी बढाउन ट्रम्पको निर्देशन

काठमाडौं,माघ २४-

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आउने मानिसहरुमाथि कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

मुस्लिम बहुद सात देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको प्रतिवन्धमाथि अदालतले अन्तरिम रोक लगाएपछि ट्रम्पले सीमामा कडाई गर्न निर्देशन दिएका हुन् ।उनले प्रतिवन्ध रोकेर अदालतले अमेरिकी सीमालाई सुरक्षित गर्ने काममा अवरोध गरेको आरोप पनि लगाए । उनले भनेका छन् कि यदि केही भयो भने त्यसको जिम्मेवार न्यायाधीश र अदालती सिस्टमलाई दोषी ठहर्‍याउने बताए ।

ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो साता नै सात देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाएका थिए । तर, उनको प्रतिवन्धलाई अदालतले अन्तरिम रोक लगाएको छ । र, त्यसविरुद्ध ट्रम्प प्रशासनले गरेको अपील पनि अमेरिकी पुनरावेदन अदालतले खारेज गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका