Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपाल वेष्टइन्डिजसँग ४३ रनले पराजित – Gaule Khabar

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपाल वेष्टइन्डिजसँग ४३ रनले पराजित

दृष्टिविहीन विश्वकप क्रिकेट : नेपाल वेष्टइन्डिजसँग ४३ रनले पराजित

काठमाडौं, माघ २२ –

दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकटमा नेपाल शनिबार वेष्टइन्डिजसँग ४३ रनले पराजित भएको छ ।
२ सय ९ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सुनील थापा मगरले ७० रन बनाए पनि टोलीको हार टार्न सकेनन् । लोकबहादुर थापाले २९ बलमा ३६ रन बनाए । सुनिल रानामगरले २६ बलमा २५ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ७ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । वेष्ट इन्डिजका केभिन एन्ड्रयूले ५९ बलमा ९६ रन, लेरोय ओरिनले १३ बलमा २३ रन बनाए ।

५ खेल खेलेको नेपाल ४ खेलमा पराजित भएको छ । शुक्रबार नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । यस्तै बिहीबार नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । नेपाल बुधबार बंगलादेशसँग ५९ रनले तथा मंगलबार अष्ट्रेलियासँग १० विकेटले हारेको थियो । आइतबार नेपालले श्रीलंकासँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका