Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान – Gaule Khabar

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान

काठमाडौं, मंसिर १९ –

 

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् ।

राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् ।
संविधान संशोधन प्रस्तावलाई लिएर दलहरुबीच दूरी बढ्दै गएका बेला राष्ट्रपति भण्डारीले नेताहरुलाई सहमतिबाट निकास दिन आग्रह गर्नेछिन् ।

उनले दलीय सहमतिबाटै संविधान संशोधन र कार्यान्वयनमा जुट्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गर्दै आएककी छिन् ।
सरकारले मंगलबार संविधान संशोधन प्रस्ताव गर्ता गराएपछि देशका विभिन्न क्षेत्रमा आन्दोलन सुरु भएको छ  ।

प्रमुख प्रतिपक्षि नेकपा एमालेले संशोधन विरुद्ध उत्रिएको छ भने मधेसी मोर्चाले समेत यथास्थितिमा संशोधन प्रस्तावको समर्थन गर्न नसकिने जनाउँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका