तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

भारत, मंसिर २१–

भारत तमिलनाडुकी मुख्यमन्त्री जयललिताको गएराति निधन भएको छ। ६८ वर्षिया जयललितालाई हृदयघात भएपछि आईतबार चेन्नईस्थित एपोलो अस्पताल उपचारको क्रममा निधन भएको हो । स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे उनको निधन भएको एपोलो अस्पतालले पुष्टि गरेको छ।
१९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन्। बलिउडमा समेत चर्चित जयललिताले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन्।
आफ्ना समर्थकमाझमा अम्माको नामले परिचित जयललिताले चार पटकसम्म तमिलनाडुमा मुख्य मन्त्री भइसकेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ