Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिशू चोरिएको भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा नाराबाजी – Gaule Khabar

शिशू चोरिएको भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा नाराबाजी

शिशू चोरिएको भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा नाराबाजी

बीरगञ्ज, माघ २१-

बीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट एक नवजात शिशू चोरिएको भन्दै आफन्तजनले अस्पतालमा नाराबाजी गरिरहेका छन् । आज बिहान १० बजेर ४० मिनेटमा नर्मल डेलिभरीबाट जन्मिएको बच्चा करिब २ बजे हराएको बुवा मुकेश पासवानले बताए ।

सुत्केरी आशा देवीको हेरचाहको लागि वार्डमा रहेकी भाइ बुहारी खुश्वु देवीका अनुसार एक अपरिचित महिलाले छोरा खेलाउँदै लिएर बेपत्ता भएको बताइन् । अस्पतालको गेटमा सीसीटीभी जडान गरिएको भए पनि केही समयता बिग्रेको छ ।

अस्पताल प्रमुख चितरञ्जन साहले अस्पतालमा यस्तो घटना पहिलो पटक भएको भन्दै आफू आश्चर्यचकित भएको प्रतिक्रिया दिए । उनले घटना छानबिनको लागि लागिपरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका