Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
मासु पसल व्यवस्थित गर्न नगरप्रमुखलाई ध्यानाकर्षण – Gaule Khabar

मासु पसल व्यवस्थित गर्न नगरप्रमुखलाई ध्यानाकर्षण

मासु पसल व्यवस्थित गर्न नगरप्रमुखलाई ध्यानाकर्षण

चितवन, मंसिर २०–

उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले बजार क्षेत्रमा रहेका अब्यवस्थीत मासु पसलहरुको ब्यवस्थापन गर्न माग गर्दै भरतपुर नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नारायणगढको लायन्सचोक र प्रगतीपथमा अब्यवस्थीत रुपमा भौसी र बंगुरको अस्वस्थ्कमकर मासु बिक्री गरिएको भन्दै त्यसलाई तत्काल ब्यवस्थापन गर्न आग्रह सहित भरतपुर उपमहानगर पालिकाका प्रमुख महेश बराललाई ध्यानाकर्षण पत्र बुझाएको हो । मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा सल्लाहकार केदार मल्ल, शैलेन्द्र पिया, बामदेव खनालसहित पुगेको टोलीले पत्र बुझाउदै एक हप्ता भित्रमा मासु बजारको ब्यवस्थापन गर्न आग्रह गरेको छ । लायन्सचोकमा ब्यवसायीहरुले भुईमै पशुको बद्धगरी खुल्ला रुपमै राखेर झिगा भन्काउदै मासुको ब्यापार गर्ने गरेका छन् । नगरपालिकालाई मासु बजारको ब्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएकाले नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । मानिसले खाने मासुजन्य निकै सम्बेदन शिल खाद्यय बस्तु हिलो र धुलोमा माखा भन्काउदै बेच्दा पनि नगरपालिकाले टुलुटुलु हेरेर बस्नु नगर प्रमुख महेस बरालको लाचारी र हार मानसिक्ताको उपज भएको मञ्चका सचिव प्रकाश सिग्देलले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नगरपालिकाका बातावरण प्रमुख बिराट घिमिरेले लायन्सचोकको मासु बजार ब्यवस्थापन गर्न निकै चुनौती भएको बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका