Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘भरतपुर महोत्सव–२०७३’ आजदेखी सुरु – Gaule Khabar

‘भरतपुर महोत्सव–२०७३’ आजदेखी सुरु

‘भरतपुर महोत्सव–२०७३’ आजदेखी सुरु

चितवन, मंसिर २२–

चितवनमा आज (बुधबार)देखि भरतपुर महोत्सव २०७३ सुरु भएको छ ।
महोत्सवको आज एक भव्य समारोहकाबीच उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले समुद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले देशमा राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै यसका लागि लोकतान्त्रिक प्रणाली आवश्यक रहेको बताउनुभयो । उहाँले २०७४ साल माघ ७ गते सम्म देशमा ३ तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दे नभएमा देशमा ठुला् संकट उत्पन्न हुने उहाँको भनाई थियो । जसले गर्दा संविधान नै संकटमा पर्न सक्ने उहाँको भनाई थियो । विगतमा संविधान संशोधनका लागि एमालेलका अध्यक्ष केपी ओलीले पनि हस्ताक्षर गरेको भन्दै अहिले बखेडा झिक्ने काम मात्र गरेको बताउनुभयो ।
सो कार्यक्रममा सासँद तथा नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, साँसद गीता वाग्ले, अन्जनी श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका प्रमुख डिआईजी रणबहादुर चन्द, जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरीक्षक दिपक थापा, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बराललगायतको उपस्थिीती रहेको थियो ।
कार्यक्रम संयोजक असिम भट्टराईको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । हरेक २÷२ बर्षमा सामाजिक कार्यमा सक्रिय युवा समाज भरतपुरको आयोजना गर्दे आईरहेको छ । भरतपुरस्थित राष्ट्रिय सहकारी विकास बोर्डको खुल्ला मैदान केन्द्रीय बस टर्मिनलमा सम्पन्न हुने महोत्सव मंसिर २२ गते बुधबारदेखि पौष २ गते सम्म सञ्चालन हुनेछ । आयोजकले महोत्सवको आम्दानीबाट विभिन्न सामाजिक कामहरु गर्दैै आईरहेको छ । महोत्सवमा १५० भन्दा बढी स्टलहरु रहेको र एक लाख बढि दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको आन्तरिक तथा बाह्य सुरक्षा संयोजक तथा युवा समाज भरतपुरका सचिब शिबशंकर उप्रेतीले जानकारी दिनुभयो । साथै उहाँले ३५ लाख खर्च हुने र २ करोड सम्मको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । साधारण शुल्क ५० रुपैयाँ र विद्यार्थीको लागि ४० रुपैयाँको टिकट व्यवस्था गरिएको साथै ७५ वर्ष भन्दा माथीका जेष्ठ नागरिक अशक्त र अपाङगलाई निःशुल्क प्रबेशको व्यवस्था रहेको जनाइएको छ ।
मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रममा पशुपति शर्मा, रामजी खाँड, शिब परियार कमल खत्री, तथा अन्य राष्ट्रिय र स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका