काठमाडौं, माघ २०–
सञ्चारकर्मी ईश्वरी बरालको ‘लभ पर्न सक्छ’ बोलको गीत बजारमा आएको छ ।
डा. कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीत रहेको यस गीतको अडियो सार्वजनिक भएको हो ।
सुमन केसीको संयोजन रहेको लभ पर्न सक्छ बरालको पहिलो गायन प्रयास हो ।
बरिष्ठ गीतकार बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको गीतमा आवाज भर्न पाएकोमा आफू अत्यन्त खुशी भएको गायिका बरालले बताईन् । रचनाकार बरालले पनि ईश्वरी सांगीतिक क्षेत्रका लागि नयाँ भएपनि लभ पर्न सक्छ गीतमा मिठो स्वर दिएको बताए ।
गीतको रेकर्डीङबाट रचनाकार डा.बराल पूर्ण सन्तुष्ट छन् । संगीतकार गैरे सुरेशले ईश्वरीले गीत गाउने रहर देखाएकाले नै लभ पर्न सक्छ गीतको जन्म भएको बताए ।
सांगीतिक क्षेत्रमा नयाँ प्रेम गीत थपिएको र गीत नयाँ पुस्तामाझ लोकप्रिय हुने गैरेको विश्वास छ ।
गीतमा प्रेम गर्दा विचार पु¥याएर मात्रै गर्नुपर्ने सन्देश दिन खोजिएको छ । गायिका बराल हाल नेपाल एफ.एम नेटवर्क ९१.८ लाम्पाटी कलंकीमा आवद्ध छिन् ।
https://www.youtube.com/watch?v=2rwwZS_GFR4&app=desktop