Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रिलिज हुनु अगाडि नै ‘बाहुबली -२’ को कमाइ ५ सय करोड नाघ्यो – Gaule Khabar

रिलिज हुनु अगाडि नै ‘बाहुबली -२’ को कमाइ ५ सय करोड नाघ्यो

रिलिज हुनु अगाडि नै ‘बाहुबली -२’ को कमाइ ५ सय करोड नाघ्यो

काठमाडौं,माघ २० –

एसएस राजामौलीको चलचित्र ‘बाहुबली’ ले भारतीय सिनेमामा कमाइको इतिहासमा रेकर्ड बनाएको छ । यो चलचित्रले रिलिजभन्दा अघि नै आफ्नो सेटेलाइट राइट्सका माध्यमबाट ५०० करोड रुपैयाँ भन्दा बढी कमाइ गरेको छ ।

रिलिजभन्दा अघि नै यो चलचित्रले आफ्नो ‘थिएट्रिकल राइट’ बेचेर राम्रो कमाइ गरेको छ । ‘बाहुबली २’ चार भाषा ९तेलुगु, तमिल, मलयालम र हिन्दी०मा रिलिज हुनेछ । उनको धर्मा प्रोडक्सनले यसको राइट्स १२० करोडमा किनेको छ । यो चलचित्र २८ अप्रिलमा रिलिज हुँदैछ ।

दुई वर्षदेखि यस चलचित्रको दोस्रो भागलाई हेर्न दर्शक व्यघ्र प्रतीक्षामा छन् । चलचित्र ‘बाहुबली’को यो दोस्रो भागले अहिलेसम्मको कमाइको सबै रेकर्ड्स तोड्ने संकेत देखाएको छ ।

प्रभाष, राणा डग्गुबती स्टारर ‘बाहुबली २’ हेर्नकालागिदर्शक उत्साहित छन् । यो चलचित्र हेर्ने दर्शकलाई दुई वर्षदेखि ‘कटप्पाले बाहुबलीलाई किन मारे रु’ भन्ने प्रश्नको उत्तर चाहिएको छ । राजामौलीले यो प्रश्नको उत्तर सिक्वेल मार्फत दिने अपेक्षा गरिएको छ ।
बलिउड डाइरेक्टर र फिल्ममेकर करण जौहरले यस चलचित्रलाई हिन्दीमा रिलिज गर्दैछन् ।

‘बाहुबलीः द बिगिनिङ’ सन् २०१५ मा रिलिज भएको थियो । हिन्दीमा डब गरिएको यो दक्षिण भारतीय चलचित्र बन्यो जसले बलिउड बक्स अफिसमा १०० करोडको कमाइ गरेको थियो ।

केहीदिन अघि ‘बाहुबली २’ को नयाँ पोस्टर सार्वजनिक गरिएको थियो । चलचित्रमा प्रभाष बाहुबलीको भूमिकामा छन् । राना डग्गुबती भल्लाल देवको भूमिकामा छन् भने सत्यराजले कटप्पाको भूमिका निर्वाह गरेका छन् । यस अघि ‘बाहुबली’ ले ६५० करोड भन्दा बढीको व्यापार गरेको थियो । चलचित्रले राष्ट्रिय पुरस्कार समेत जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ