Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तत्कालै प्रतिनिधि सभाको निर्वाचन असम्भवः देउवा – Gaule Khabar

तत्कालै प्रतिनिधि सभाको निर्वाचन असम्भवः देउवा

तत्कालै प्रतिनिधि सभाको निर्वाचन असम्भवः देउवा

चितवन, पुस १–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै प्रतिनिधि सभाको निर्वाचन सम्भव नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेकपा एमालेले प्रस्ताव गरे झै शुरुमै प्रतिनिधिसभाको निर्वाचन व्यवहारिक नभएको बताउनुभयो ।

तीन दलका बीचमा शुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भैसकेको भन्दै उहाँले क्रमशः स्थानीय, प्रान्तीय र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताउनुभयो । मधेशवादी दलहरु संविधान संशोधन नभई निर्वाचन गर्न हुन्न भनिरहेका छन् नि भन्ने प्रश्नमा उहाँले संविधान संशोधन गर्न सत्तारुढ दलहरु तयार भएकाले जसले अवरोध गरेको छ उनीहरुलाई भन्न आग्रह गर्नुभयो ।

संसदको अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकोमा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उहाँको भनाई थियो । बि.सं. २०७४ माघभित्र कुनै पनि हालतमा तीन तहको निर्वाचन नभए मुलुकमा संवैधानिक संकट आउने हुँदा दलीय सहमति जुटाएर निर्वाचन प्रक्रियामा जानुपर्ने उहाँले बताउनुभयो ।

संविधान संशोधन प्रस्ताव तत्कालिन प्रधानमन्त्री शुशील कोईराला, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमति अनुसार नै पेश गरिएको देउवाले बताउनुभयो ।
सत्तारुढ दलहरुले कुनै पनि कुरा लादेर नभएर सहमतिमा जान खोजेको भन्दै उहाँले सबै सकारात्मक भए मात्र संविधान कार्यान्वयन हुने र मुलुकले निकास पाउने बताउनुभयो । सानातिना कुरालाई मुद्दा नबनाउन देउवाको आग्रह थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका