औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सहयोग गछौंः लामिछाने

औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सहयोग गछौंः लामिछाने

चितवन, मंसिर २३–

गैरआवासिय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवंम संरक्षक जीवा लामिछानेले नेपालमा लगानी गर्न गैरवासीय नेपालीहरु इच्छुक रहेको बताउनुभएको छ ।
चितवन उद्योग संघले आज भरतपुरमा गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नेपालीहरुमा आत्मविश्वासी बन्दै लगानी गर्न तर्फ प्रेरिरत रहेको बताउनुभयो । उहाँले विदेशमा बस्दा जति पैसा कमाएपनि नेपालीहरु दोस्रो दर्जाकै नागरिक सरह हुने भन्दै नेपालको विकास बारे गैरआवासीय नेपालहरु चिन्तित रहेको बताउनुभयो ।

img_5780
समाजसेवी लामिछानेले चितवन उद्योग संघले निर्माण गर्न लागेको औद्योगिक प्रदर्शनी स्थल निर्माणमा सहयोगलागि आफू प्रयत्न गर्ने बताउनुभयो । औद्योगिक प्रदर्शनी चितवनको गौरव हुने भन्दै चितवनबासीहरुले यसको निर्माणमा सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीहरु समक्ष यसबारे आफूले जानकारी गराउने बताउनुभयो । आफू चितवनकै भएकाले पनि यहाँको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघका पूर्व अध्यक्ष एवंम नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले चितवन देशकै केन्द्रभागमा पर्ने भएकाले औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनी स्थल निर्माणका लागि प्रधानमन्त्रीलगायत सबै क्षेत्र र संस्थाहरुलाई जानकारी गराई सकिएको भन्दै गैरआवसीय नेपालीहरुको सहयोगको खाँचो रहेको औल्याउनुभयो ।

img_5789
कार्यक्रममा स्वागत गर्दै संघका प्रथम उपाध्यक्ष त्रिलोचन कँडेलले नेपाल बाहिर रहेका विभिन्न संघसंस्थाका व्यक्तिहरुलाई संघको कार्यक्रम बारे जानकारी गराइएको भन्दै संघले निर्माण गर्न लागेको औद्योगिक प्रदर्शनी स्थलका लागि सबैसंग सहयोगकालागि आग्रह गर्नुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुको सहगिता रहेको थियो । कार्यक्रम संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ