तनहुँ, माघ २० –
पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा बिहीबार बिहान बस दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ३२८८ नम्बरको बस व्यास नगरपालिका र जामुने गाविसको सिमानामा रहेको बोटानिक होटल नजिकै दुघर्टना भएको हो । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको सनाखत हुन सकेको छैन ।
शव दमौली अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएकाको दमौली स्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।