Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सरकार स्थानीय निकायको निर्वाचन केन्द्रित : मन्त्री पाण्डे – Gaule Khabar

सरकार स्थानीय निकायको निर्वाचन केन्द्रित : मन्त्री पाण्डे

सरकार स्थानीय निकायको निर्वाचन केन्द्रित : मन्त्री पाण्डे

कपिलवस्तु,माघ १९ –

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयनका लागि वर्तमान सरकार स्थानीय निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले संविधान संशोधनको विषय र निर्वाचनको तयारी एकै साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारको पहिलो प्राथमिकता नै संविधान कार्यान्वयन रहेकाले निर्वाचनको तयारी कै लागि संसद्ले निर्वाचन सम्बन्धी तीन वटा विधेयक पारित गरिसकेको मन्त्री पाण्डेले चार्चा गर्नुभयो ।

स्थानीय निकायबारे राज्य पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदन संसद्मा पेस गरिएको जनाउँदै सोही प्रतिवेदनकै आधारमा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुने उहाँको भनाइ थियो ।

मन्त्री पाण्डेले संविधान कार्यान्वयनका लागि समय सीमाभित्रै निर्वाचन गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनरत मधेसी मोर्चा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०लाई सहमतिमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयत्न गरिरहेको प्रष्ट पार्नुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका