पचास परिवार मुक्तकमैया पुनःस्थापित

पचास परिवार मुक्तकमैया पुनःस्थापित

कैलाली, पुस ५ –

सरकारको अनुदान रकमबाट जग्गा खरिद गरेर ५० परिवार मुक्तकमैयालाई पुनःस्थापना गरिएको छ ।

जिल्लामा विभिन्न क्षेत्रमा बस्दै आएका मुक्तकमैया परिवारलाई जग्गा खरिद, घर निर्माण र काठका लागि प्रतिपरिवार रु तीन लाख ५५ हजार उपलब्ध गराएर पुनःस्थापना गराइएको मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य तथा भूमि सुधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताउनुभयो ।

सहज रुपमा ऐलानी जग्गा प्राप्त हुन नसक्नु लगायत कारण १६ वर्षअघि पुनःस्थापनाको काम अझै व्यवस्था हुन नसकेको कठायतले जानकारी दिनुभयो ।
जिल्लामा कमैयाको पहिचान भएका आठ हजार नौ सय १० परिवारमध्ये झन्डै सात हजार पाँच सय परिवारलाई पुनःस्थापना गराइसकिएको छ ।

यस वर्ष जिल्लामा एक हजार तीन सय मुक्तकमैया परिवारको पुनःस्थापना गर्ने प्रयोजनका लागि भन्डै रु ३७ करोड निकासा भएको भूमिसुधार कार्यालय कैलालीले जनाएको छ । कैलाली जिल्लामा एक हजार २९ मुक्तकमैया अझै पुनःस्थापना हुन बाँकी छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ