Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पवित्र नारायणी नदी प्रदूषित बन्दै कतै बग्छ फूल, कतै बग्छ सुली – Gaule Khabar

पवित्र नारायणी नदी प्रदूषित बन्दै कतै बग्छ फूल, कतै बग्छ सुली

पवित्र नारायणी नदी प्रदूषित बन्दै कतै बग्छ फूल, कतै बग्छ सुली

दिपेन्द्र अधिकारी

चितवन,माघ १९ –

पवित्र धार्मिकस्थल नारायणी नदी देवघाटधाममा दैनिक सयौँको संख्यामा मानिसहरु नुहाउने र पूजापाठ गर्ने गर्छन् । तर, त्यही नदीको केही किलोमिटर तल नारायणगढस्थित नारायणी पुलमुनि भने अनौठो दृश्य देख्न सकिन्छ । जहाँ दैनिक कुखुराको गाडीको सुली पखालिन्छ ।
यहाँ बढीजसो कुखुरा बोक्न प्रयोग हुने गाडीहरु धोइपखाली गरिरहेको पाइन्छ । नदीमा गाडीको आधाभाग डुबाएर सुली पखाल्ने काम कुखुरा गाडी व्यवसायी, चालक, सहचालकले खुलेआम गरिरहे पनि यहाँका सरकारी तथा गैरसरकारी सरोकारवाला निकाय भने मौन छ । नियमनकारी निकाय नै नदेखेझैँ गरी बसिदिँदा नदी प्रदूषण बढिरहेको छ ।
‘नारायणी नदीमा गाडी धुन्छन् भन्ने कुरा हामीलाई थाहा छैन’, गैँडाकोट नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भने, ‘यदि त्यस्तो रहेछ भने कारबाही गर्छु ।’ पुलमाथिबाट ओहोरदोहोर गर्दा गैँडाकोटपट्टि अक्सफोर्ड कलेजमुनिको भागमा दैनिक गाडीहरु धोइरहेको देख्न सकिन्छ । तर, नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले भने, ‘खै, मैले त देख्दिन त ।’
गाडी धुने गरेको बारेमा आफूकहाँ पहिले गुनासो आए पनि हिजो आज गुनासो नआएको बताए । नारायणी नदीमा फोहोर फालिने गरेकोबारे उनी केही जानकार रहेछन् । उनले भने, ‘यहाँका केही उद्योगले सीधै नदीमा फोहोर पानी मिसाउने गरेका छन्, के गर्नु जति भने पनि मान्दैनन् ।’
थुम्सी क्षेत्रमा पनि होटलले नारायणी नदीमा फोहोर फाल्ने गरेका छन् । तर, यसबारे कार्यकारीले खासै चासो दिएनन् । आफ्नो कार्य क्षेत्रभित्र भएका गलत कामधन्दाबारे उनले केही जानकारी भए पनि केही गर्न नसकिने बताए ।
नारायणीमा सुली बगाएर गाडी धुन पाइन्छ रु भन्ने प्रश्नमा उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले भने, ‘पाइँदैन, यस्तो गलत काम रोक्न प्रयास गरिरहेका छौँ ।’ नदी प्रदूषण हुनबाट जोगाउन सबैको उत्तिकै दायित्व हुने भन्दै अध्यक्ष भट्टचनले नगरपालिकासँग आवश्यक समन्वय गरी गाडी धुन निषेध गरिने बताए ।
गाउँमा फोहोर भयो भन्दै बंगुरको खोर हटाउने तर नदीमा सीधै सुली बगाउने कामलाई बेवास्ता गर्ने यहाँका प्रशासन र व्यवसायी नदी प्रदूषणबाट जोगाउन खासै चासो नदिएको स्थानीय बताउँछन् ।
‘नदी सबैको साझा सम्पत्ति हो । तर, यहाँका प्रशासक, नागरिक, बौद्धिक वर्ग यसप्रति सचेत भएको पाइँदैन, गैँडाकोट–२ का कृष्ण पौडेलले भने, ‘बेलैमा नदी प्रदूषण हुनबाट नजोगाउने हो भने भोलि कुनै समयको फोहोरी वाग्मतीजस्तै हुनेछ ।’
क्याप्सन ः नारायणी नदीमा गाडी आधा डुबाएर पखालिँदै ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका