Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पाल्पामा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति – Gaule Khabar

पाल्पामा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति

पाल्पामा आगलागी हुँदा रु दुई लाख बराबरको क्षति

रामपुर(पाल्पा),माघ १६ –

पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।
भीमबहादुर सोतीको घरमा शनिबार आगलागी हँुदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।

खरको छानो भएको घरमा आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताउनुभयो ।

आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताउनुभयो ।

गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका