Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अन्तर्राष्ट्रिय ‘हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै – Gaule Khabar

अन्तर्राष्ट्रिय ‘हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

अन्तर्राष्ट्रिय ‘हात्तीपोलो’ चितवनमा फेरि सुरु हुँदै

चितवन,मंसिर २४-

विगत सात वर्षदेखि स्थगित अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता यसवर्ष रत्ननगरको सौराहामा पुनः खेलाइने भएको छ।हात्तीमाथि मान्छे बसेर लट्ठीको सहायतामा पोलो बललाई गोलपोस्टमा छिराएर खेलिने यो रोमाञ्चक खेल हो। विसं २०६७ मा निकुञ्जभित्रको होटल टाइगरटप्स हटे पछि चितवनमा हात्तीपोलो खेल रोकिएको थियो।

पछिल्ला वर्षहरुमा नवलपरासी र बर्दियामा सो खेल खेलाउँदै आए पनि चितवनमा भने स्थगित भएको थियो।यो वर्ष सौराहास्थित क्षेत्रीय होटल सङ्घले संस्थागत रुपमा हात्तीपोलोलाई निरन्तरता दिन लागेको हो। दुई समूहमा चार–चारवटा हात्ती सहभागी गराएर खेलाइने खेल दश–दश मिनेटको हुन्छ।

यही पुस ११ देखि १५ गतेसम्म आयोजना हुने चितवन हात्ती महोत्सवको थप आकर्षणको रुपमा हात्तीपोलो प्रतियोगिता गर्न लागिएको कार्यक्रम संयोजक शङ्कर शैँजुले जानकारी दिए। उनका अनुसार अहिले पोलोका लागि आठवटा हात्तीलाई प्रशिक्षण दिन थालिएको छ।पर्यटन विकासमा महत्वपूर्ण टेवा दिँदै आएको हात्तीपोलोको निरन्तरताले व्यवसायीमा उत्साह थपिएको छ।

पोलो खेलका लागि स्टिक बनाउने, बल ल्याउने र हात्तीलाई सिकाउने क्रम तीनदिनदेखि भइरहेको क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले बताए।यसवर्ष हात्तीको छिटो हिँडाइ खेललाई परिमार्जन गरेर कर्यक्रम गर्न लागिएको र महोत्सवको तयारीमा सबै जुटेको सङ्घका अध्यक्ष सुमन घिमिरेले बताए।

सन् १९८१ देखि पश्चिम चितवनका मेघौलीमा हुँदै आएको यो खेल यो पुनः सातवर्ष पछि खेलाउन लागिएको हो ।महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय नियमअनुसार नै खेल खेलाइने खेलमा हात्तीको हिँडाइ, गाडा, डुङ्गा तथा टाँगा दौड, हात्ती सुन्दरी प्रतियोगिता र हात्तीका छावा बीचमा रोमाञ्चक खेल समाबेश छन् । यो मौसममा पर्यटक आ–आफ्नो घर फर्कने भएकाले त्यसलाई रोक्न १२ वर्षअघिबाट हात्ती दौडका रुपमा आयोजना गरिएको यो खेललाई चितवन हात्ती महोत्सवमा समेटिएको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका