Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
कोशीको अर्नालाई चितवनमा बाजागाजा सहित स्वागत – Gaule Khabar

कोशीको अर्नालाई चितवनमा बाजागाजा सहित स्वागत

कोशीको अर्नालाई चितवनमा बाजागाजा सहित स्वागत

चितवन, माघ १४–
कोसीटप्पुबाट ल्याइएको दुईवटा अर्नालाई चितवन बाजागाजा सहित स्वागत गरिएको छ ।
आज अपरान्ह सौराहाको बद्रहनी स्थित चौरमा अर्नालाई बाजागाजा सहित स्वागत गरिएको हो । अर्नालाई राखिएको ट्रकको अघि अघि वन मन्त्री शंकर भण्डारी र भेषभुषासहित सजिएका थारु युवतीहरु रहेका थिए । उनीहरुको साथै पञ्चेबाजाको टोली बाजा बजाउनमा व्यस्त थियो । त्यो दृश्य देख्दा जो कोहीलाई पनि विवाह उत्सवमा जस्तो लाग्दथ्यो ।
अर्नालाई निकुञ्ज भित्र प्रवेश गराउन विवाहमा सजाईने जस्तै गरि गेट तयार पारिएको थियो । सो गेटमा बाधिएको रातो रिवनलाई वन मन्त्री शंकर भण्डारीले काटेपछि अर्नालाई निकुज भित्र लगिएको थियो । अर्नालाई चितवन निकुञ्जको पुर्वी सेक्टरअन्तर्गत पुरानो पदमपुरमा लगेर सार्वजनिक गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मी र प्राविधिकसहितको टोलीले कोसीटप्पुबाट भाले र पोथीसहित दुई वटा अर्ना ल्याएका थिए । भाले अर्ना ५ वर्षको रहेको छ भने पोथी अर्नाको उमेर ३ वर्ष रहेको छ । कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र कँडेललाई आवश्यक कागजात दिएर अर्ना पठाउनुभएको थियो । चितवन निकुञ्जमा अर्ना राख्न विशेष प्रकारको खुला खोर बनाइएको छ । आज सोही खोरमा अर्नालाई छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।


चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । आज कोशीटप्पुमा थप एक पोथी अर्नालाई नियन्त्रणमा लिएर राखिएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो ।
अर्ना पुनस्र्थापना कार्यक्रम निकुञ्ज विभागका महानिर्देशक मानबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । कोसीटप्पुमा ४३२ अर्ना रहेका छन् । अर्ना समाउन कोसीमा ६० जनाको टोली परिचालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका