Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्ने ऊर्जा मन्त्री शर्मा – Gaule Khabar

अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्ने ऊर्जा मन्त्री शर्मा

अभियानमा बाधा गर्ने जोसुकैलाई नछाड्ने  ऊर्जा मन्त्री शर्मा

पथरी (मोरङ ),मंसिर २८ –

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकलाई अध्यारोमुक्त बनाउने अभियानमा बाध गर्ने जोसुकैलाई नछाड्ने बताउनुभएको छ ।

प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मुलुक विद्युत्भारमुक्त भए स्वदेशमै थप उद्योगधन्दा खुल्ने, स्वरोजगारको सिर्जना हुने, युवाले विदेश जानु नपर्ने बताउनुभयो । “म देशलाई अध्यारोमुक्त बनाउने अभियानमा लागेको छु अध्यारो बनाउनेलाई छोड्दिन,” उहाँले भन्नुभयो ।

मन्त्री शर्माले विद्युत् चोरी नियन्त्रणमा आफू पूर्णरुपले लागिपरेको बताउनुभयो । विद्युत् चोरी गर्ने जो कोहीलाई पनि कारबाही गरिने उहाँको भनाइ थियो । पूर्वाञ्चलको विद्युतीय क्षेत्रको अनुगमनको क्रममा विराटनगर आइपुग्नुभएका मन्त्री शर्माले थप विद्युत् उत्पादन गर्ने योजना अनुरुप सरकारले काम गरिरहेको बताउनुभयो ।

“नेपाललाई थप १० हजार मेगावट विद्युत् आवश्यक पर्छ,” उहाँले भन्नुभयो । सुकुम्वासीका लागि रु एक हजार प्राधिकरणमा धरौटी राखेर मिटर लिनसक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । यसअघि मिटर लिन सुकुम्वासीले रु दश हजार धरौटी राखेर मिटर लिने गरेका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका