Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘बाउले बिहे गर्देनन्’का गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान – Gaule Khabar

‘बाउले बिहे गर्देनन्’का गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान

‘बाउले बिहे गर्देनन्’का गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान

काठमाडौं, माघ १४ –

‘बाउले बिहे गर्दैनन्’ बोलको चर्चित गीतका गायक प्रकाश ओझालाई प्रहरीले पक्राउ गरेको छ ।

तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको अभियोगमा अदालतबाट १० वर्षको जेल सजाय पाएका ओझालाई शुक्रबार प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी)को टोलीले राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।उनी शुक्रबारै कारागार चलान भएका छन् ।

ओझाका कर्तुत

ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म डर त्रास देखाई तीन जना नाबालिकाहरुसँग अनैतिक सम्बन्ध राख्दै आएका थिए । पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बीर तथा भिडियो समेत देखाई सार्वजनिक गरीदिने धम्की पटक–पटक यौन शोषन र अप्राकृतिक मैथुन गर्दै आएका थिए ।

उनले खिचेका तीं फोटोहरु वेबसाईटमा समेत राखि बेचबिखन गरी पैसा कामाउने उदेश्य समेत खोको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाएर दुईवटा मुद्दामा पाँच÷पाँच वर्ष गरी १० वर्ष कैद सुनाएको थियो ।

पीडक ओझा फैसला लगत्तै फरार भएका थिए । कुनैबेलाका चर्चित गायक र हास्य कलाकार समेत रहेका ओझा शंखमुल, काठमाडौंमा लुकिछिपि बस्दै गीत–संगीत रेकर्डिङ्गको काममा रहँदै आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका