Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गगनले पुरा गरे बाचा, अब नेपाल मै कलेजो प्रत्यारोपण – Gaule Khabar

गगनले पुरा गरे बाचा, अब नेपाल मै कलेजो प्रत्यारोपण

गगनले पुरा गरे बाचा, अब नेपाल मै कलेजो प्रत्यारोपण

काठमाडौं, मंसिर १६–

स्वास्थ्य मन्त्रालयले नेपालमै कलेजो प्रत्यारोपण शुरु गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यरोपणको बाटो खुल्ला गरेको हो । नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यू भएकाहरुको आठ वटा अंग लिने र प्रत्यारोपण गर्नेबाटो समेत खुल्ला गरेको छ ।
स्वास्थ्य मन्त्री गगन कुमार थापाले मन्त्रालयको पदभार सम्हालेसँगै ६ महिना भित्र नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने घोषणा गर्नुभएकोमा तीन महिनामै घोषणा पुरा भएको हो । नेपालका कलेजो रोगीहरुले कलेजो प्रत्यारोपण गर्न चाहेपनि नियमको अभावमा विदेशमा गएर करोडौ रुपैयाँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए ।
कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड रुपैयाँ सम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपैयामा प्रत्यारोपण गर्ने तयारी गरिरहेको मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा श्रेष्ठले बताउनु भएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रले त्यसको प्राविधिक तयारी गरिरहेको छ । केन्द्रले कलेजो प्रत्यारोपण सम्बन्धी ख्याति प्राप्त डाक्टर सहितको विदेशी टोली बोलाएर केही हप्तापछि नेपालमा कलेजो प्रत्यारोपण शुरु गर्ने तयारी गरेको उहाँले बताउनु भयो ।
केन्द्रका निर्देशक डा श्रेष्ठले लामो समय सम्म हुन नसकेको यो काम अहिलेका स्वास्थ्य मन्त्री थापाको विषेश चासो र सक्रियताले संभव भएको बताउनु भयो । “नियमावली पास गर्न मन्त्रीज्यूले गर्नु भएको तदारुकताबाट ब्रेन डेथ भएकाको अंग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुल्ला गरेर हामीलाई थप उत्साहित बनाएको छ,” डा श्रेष्ठको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका