कोसीबाट दुई अर्ना चितवन ल्याईँदैे

कोसीबाट दुई अर्ना चितवन ल्याईँदैे

चितवन, माघ १३–

कोसीटप्पुबाट दुईवटा अर्ना चितवन ल्यार्इँदैछ ।

भाले र पोथी गरी दुईवटा अर्ना चितवन ल्याउन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जका संरक्षणकर्मी र प्राविधिकसहितको टोलीले कोसीटप्पुबाट अर्नासहित आजसाँझ चितवनतर्फ प्रस्थान गरेको निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख कँडेललाई आवश्यक कागजात दिएर अर्ना पठाउनुभएको छ ।

तीनवटा अर्ना ल्याउने तयारीस्वरुप तीनवटा खोर लगिएको भएपनि आज दुईवटा खोरमा मात्र अर्ना राखेर चितवनतर्फ पठाइएको आरक्षका प्रमुख शाहले जानकारी दिनुभयो । चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ । आज नियन्त्रणमा लिइएको भाले अर्ना करिब पाँच वर्षको छ ।

निकुञ्ज विभागका महानिर्देशक मानबहादुर खड्काले शुक्रबार दिउँसो अर्नालाई चितवन निकुञ्जको पुर्वी सेक्टरअन्तर्गत पदमपुरमा ल्याएर सार्वजनिक गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनमा अर्ना राख्न विशेष प्रकारको खुला खोर बनाइएको छ । कोसीटप्पुमा ४३२ अर्ना रहेका छन् । अर्ना समाउन कोसीमा ६० जनाको टोली परिचालन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका