Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका – Gaule Khabar

एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका

एसिया कप छनोटमा नेपाल समूह एफमा, यस्तो छ खेल तालिका

काठमान्डौं, माघ ११-

आगामी मार्चमा हुने एसिया कप छनौट फुटबलमा नेपाल फिलिपिन्ससहितको समूह एफमा परेको छ । यूएईको अबुधावीमा सोमबार भएको ड्रमा नेपाल यमन, ताजकिस्तान र फिलिपिन्स रहेको समूहमा परेको हो ।

होम एण्ड अवे आधारमा प्रत्येक टोलीले ६ खेल खेल्नेछन् । नेपालले आफ्नो पहिलो खेल फिलिपिन्ससँग मार्च २८ मा उसकै घरेलु मैदान खेल्नेछ । जुन १३ मा यमनसँग र सेप्टेम्बर ५ मा ताजकिस्तानसँग नेपालमै खेल्नेछ ।

यस्तै ताजकिस्तान अक्टोबर ४ मा उसकै घरेलु मैदानमा खेल्नेछ । नोभेम्बर ४ मा नेपाल र फिलिपिन्सबीच काठमाडौंमा खेल्नेछ भने समूह चरणको अन्तिम खेल मार्च २७ मा यमनमा खेल्नेछ ।

समूह चरणको खेल सकिँदा शीर्ष दुईमा रहने टोली २०१९ मा हुने एसिया कपका लागि छनौट हुनेछ । समूह एफमा परेका तीनै देश फिफा वरियतामा नेपालभन्दा माथि छन् । फिलिपिन्स १२२, ताजकिस्तान १३२ र यमन १४९ औं स्थानमा छ । नेपाल भने १७५ औं स्थानमा छ ।

ग्वामले नाम फिर्ता लिएपछि एएफसीले सोलिडारिटी कप विजेता नेपाललाई एसिया कप छनोट खेल्ने मौका दिएको हो ।एसिया कप छनोटमा नेपाल समूह एफमा,

यस्तो छ खेल तालिका
asian-cup-draw

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका