Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा बीउ प्रशोधन एकाइको स्थापना – Gaule Khabar

चितवनमा बीउ प्रशोधन एकाइको स्थापना

चितवनमा बीउ प्रशोधन एकाइको स्थापना

चितवन, माघ १०–

राष्ट्रिय योजना आयोगका सदस्य प्रा डा गीताभक्त जोशीले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा बीउ प्रशोधन एकाइको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

नेपालमा बीउ व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त प्रशोधन एकाइमा गहुँको अनुवांशिकी प्राप्ति हस्तान्तरण परियोजना (डि जी जी डब्लु) अन्तर्गत बिल एन्ड मेलिन्दा गेट्स फाउण्डेसन र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागको संयुक्त लगानी र सहयोग रहेको छ ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य जोशीले यस एकाइको दिगो विकासका लागि स्थानीय कृषकले सहयोग गर्नु पर्ने आवश्यकता औल्याउँदै यसले कृषकलाई उन्नत बीउ प्राप्त गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि सचिव डा सुरज पोख्रेलले कृषि क्षेत्रको विकासका लागि यस एकाइले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अहिले नेपालमा गुणस्तरीय बीउ उत्पादन हुन नसकेको समयमा यसले ठूलो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।

अमेरिकास्थित कर्नेल विश्वविद्यालयका अन्तर्राष्ट्रिय कार्यक्रम निर्देशक रोनी कफम्यानले बीउबिजनको प्रशोधन र परीक्षण अति आवश्यक रहेको बताउँदै यसले कृषकलाई प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

सो एकाइबाट हाल गहुँको बीउ प्रशोधन गर्ने भनिए पनि केही समयपछि धान र मकैको समेत बीउ प्रशोधन गरिने परियोजनाकी संयोजक डा शारदा थपलियाले जानकारी दिनुभयो ।

प्रतिघन्टा एक टन बीउ प्रशोधन गर्नसक्ने क्षमता रहेको सो एकाइको स्थापनासँगै कृषकसमक्ष वैज्ञानिक तरिकाले नउम्रने बीउ नपुगोस् भन्ने उद्देश्यकासाथ यसको स्थापना गरिएको उहाँले बताउनुभयो ।

प्रशोधन केन्द्रबाट प्रि क्लिनर, फाइन क्लिनर र ग्राबिटी सेप्लेटरका माध्यमबाट बीउलाई शुद्धीकरण गरी कृषकसमक्ष बीउ पु¥याउन सहज हुने विश्वास राखिएको परियोजनाका सहसंयोजक उदित प्रकाश सिग्देलले बताउनुभयो ।

बीउ प्रशोधन एकाइमा नेपाल सरकार, नेपाल कृषि अनुसन्धान परिषद् नार्क, अमेरिकास्थित कर्नेल विश्वविद्यालय र भारतको सद्गुरु म्यानेजमेन्ट कन्सल्ट्यानटको समेत सहयोग रहेको छ । करिब रु एक करोडको लागतमा बीउ प्रशोधन केन्द्रको स्थापना गरिएको हो । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका