Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ कर्मचारी पक्राउ – Gaule Khabar

विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ कर्मचारी पक्राउ

विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ कर्मचारी पक्राउ

बिकास पौडेल
काठमाण्डौ , माघ ९
विद्युत चोरी गराउने विद्युत प्राधिकरणका १२ जना कर्मचारी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका र मनवानपुरबाट प्रहरीले नेपाल विद्युत प्राधिकरणका १० जना बहालवाला कर्मचारी र २ जना पूर्व कर्मचारीलाई आज पक्राउ गरेको छ ।

विगत लामो समय देखि काठमाण्डौ उपत्यका र हेटौडाँको दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज तथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमा विद्युत प्राधिकरणका केही कर्मचारीले विद्युत चोरी गराउदै आएको भेटिएको छ । उनीहरुले उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैर कानुनी रूपमा मिटर अंक घटाई विद्युत चुहावट गर्ने गरेको र विद्युतको खपत बढाउनुका साथै प्रत्यक्ष रुपमा लोडसेडिङमा समेत प्रभाव पारी ठगी गरेको भन्दै १६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

१० जना वहालवाला कर्मचारी , २ जना पुर्व कर्मचारी र ४ जना व्यवसायीलाई पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपक्षिक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । प्रहरीले नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर सुमन श्रेष्ठ , नेपाल विद्युत प्राधिकरणको पूर्व (अवकास प्राप्त) मेन्टिनेन्स टहल बहादुर कार्की सहित नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्रका मिटर रिडर महादेव प्रधान , नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वरका ईलेक्ट्रिसियन अच्युत खड्का , नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कका बरिष्ठ सहायक दिल बहादुर साउद , नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्कका मिटर रिडर ओम ढुंगाना , श्याम बस्नेत, प्रदिप शर्मा , ठाकुर महर्जन , मनिज श्रेष्ठ ,नेपाल विद्युत प्राधिकरण, लगनखेलका मिटर रिडर सूर्य बहादुर थापा , नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर भगवान पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।त्यस्तै मञ्जुश्री खानेपानी फ्याक्ट्रीका कुमार लामा, मिठाई पसल संचालक तपन घोस, कपास व्यापारी परवेज आलम , रामेश्वर मिठाई पसलका संचालक रमेश चुँडाल रहेका छन् ।
कसरी हुन्छ चोरी
१ .नेपाल विद्युत प्राधिकरणका विल रिडरहरुले उद्योग कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गई मिटरमा उठेको रकम भन्दा कम अंकको विल बनाई मिटर रिडर र ग्राहक मिल्ने गरेको ।
२ .प्राधिकरणको वहालवाला र पूर्व टेक्निसियन तथा सुपरभाईजरले मिटर बक्सको सिल काटी मिटरमा उठेको अंकलाई विल बराबरको अंक उल्टोबाट घुमाई मिलाउने ।
३. अंक मिलाए पश्चातः सिल वायर, सिल गोटीको प्रयोग गरी मिटरमा आफैले सिल लगाउदै आएको ।
४. मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु सिल वायर, सिल गोटी, हुक, कटिङ पिलास, नोजल पिलास, पेन्चिस, चक्कु, मार्तोल, टेप तथा टर्च लाईट टेक्निसियन स्वयमले साथमै गैर कानुनी रुपमा राख्ने गरेको ।

प्रारम्भीक अनुशन्धानमा खुलेको कुरा

६. विगत १२ वर्ष देखि विद्युत चुहावट गरी ठगी गर्ने कार्यमा संलग्न हुदै आएको ।
७.मिटर रिडरले मिटर रिड गरे पछि मिटरमा उल्लेखित युनिट भन्दा कम युनिटको विल वनाउने गरेको ।
८. ४।५महिनासम्म कम युनिटको विल बनाएपछि ग्राहकले टेक्निसियन कर्मचारी बोलाएर मिटरको युनिट अंक घटाउन लगाउने ।
९. टेक्निसियनको कर्मचारीले मिटर बक्सलाई उनिहरुकै घरमासमेत लगेर मिलाई पुनःजडान गर्ने गरेको ।
१०. मिलाएको युनिटको आधा रकम ग्राहकले र आधा रकम मिटर रिडर, टेक्निसियन कर्मचारी तथा पुरानो मिटर रिडरले समेत बाँडफाड गरी लिने गरेको ।
११. यस्तो कार्य बढी विद्युत खपत हुने उद्योग, कलकारखाना तथा व्यक्ति विषेशका घरहरुमा गरिएको देखिएको ।
१२. उक्त कार्य गरे वापत विभिन्न उद्योग कलकारखानाबाट दैनिक तथा मासिक रुपमा मोटो रकम लिदै आएको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका