Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
१० प्रतिशत सेवा शुल्क नपाएको भन्दै होटल मजदुरले गरे आन्दोलन घोषणा – Gaule Khabar

१० प्रतिशत सेवा शुल्क नपाएको भन्दै होटल मजदुरले गरे आन्दोलन घोषणा

१० प्रतिशत सेवा शुल्क नपाएको भन्दै होटल मजदुरले गरे आन्दोलन घोषणा

काठमाडौँ, माघ ७ –

व्यवस्थापकसँग १० प्रतिशत सेवा शुल्कको विषयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै होटलमा कार्यरत कर्मचारीले आन्दोलन घोषणा गरेका छन्। पर्यटन होटल संवद्ध केन्द्रीय संयुक्त संघर्ष समितिले १० प्रतिशत सेवा शुल्क मजदुरलाई उपलब्ध गराउने विषयमा १० वर्षअघि नै सहमति भएपनि पूर्ण कार्यान्वयन नभएको भन्दै आन्दोलन घोषणा गरेको हो।

‘डिसेम्बर ३०, २००६ मा होटल संघ नेपाल र विभिन्न ट्रेड युनियन बीच १० प्रतिशत सेवा शुल्क उपलव्ध गराउने सहमति भएको थियो, अहिले यो शुल्क पुनारावलोकन गर्नु पर्ने समय आइसक्यो तर अहिलेसम्म १० वर्ष पहिलाको सहमति पूर्ण रुपमा कार्यान्वयन भएको छैन, त्यसैले आन्दोलनमा जान बाध्य भएका हौँं अखिल नेपाल होटल रेष्टुरा तथा क्यासिनो संघका महासचिव मुक्ति दाहालले भने। उनले कर्मचारीले पाउने सेवा शुल्क वापतको रकम होटल व्यवसायीहरुले आफ्नो फाइदाको श्रोत जस्तो ठानेको भन्दै आपत्ति समेत जनाएका छन्।

दाहालका अनुसार १० प्रतिशत सेवा शुल्कमध्ये अहिले कर्मचारीहरुले जम्मा ६.५ प्रतिशत मात्रै पाएका छन्। सेवा शुल्कका विषयमा होटल संघ नेपालले भने आइतबार अधिकारिक धारणा व्यक्त गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका