Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै – Gaule Khabar

लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै

लन्डनका लर्ड मेयर शनिबार नेपाल आउँदै

काठमाडौँ, माघ ७ –

नेपाल र बेलायतबीचको पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु पार्म नेपालको चारदिने औपचारिक भ्रमणका लागि शनिबार अपराह्न यहाँ आउनुहुने भएको छ ।

बेलायतमा मन्त्रिस्तरको पद सम्हाल्नुभएका उहाँ उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीति सञ्चालनको प्रमुख व्यक्तित्व मानिनुहुन्छ । गैरराजनीतिकस्तरका बेलायतका उच्च कूटनीतिक व्यक्तित्व उहाँलाई विश्वका विकसित मुलुकसमेत आफ्नो देशको भ्रमण गराउन लालायित हुने गरेका छन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी पूरा भएका सन्दर्भमा लर्ड मेयरको भ्रमणले पारस्परिक आत्मीयता अभिवृद्धिमा थप योगदान पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लर्ड मेयरले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जनाएको छ । यहाँ रहँदा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री जनार्दन शर्मा र उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्नुहुनेछ । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि उहाँको भेट गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बेलायत सरकारको सहयोगमा सञ्चालित विकासका केही परियोजना तथा भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमको उहाँले अवलोकन गर्नुहुनेछ । बेलायतको ‘सम्माननीय’ पदवीबाट विभूषित उहाँ आठ सय ६९ औँ लर्ड मेयर अफ द सिटी अफ लन्डन हुनुहुन्छ ।- रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका