Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
करिब साढे चारलाख साधारण सदस्यता वितरण – Gaule Khabar

करिब साढे चारलाख साधारण सदस्यता वितरण

करिब साढे चारलाख साधारण सदस्यता वितरण

काठमाडौँ,माघ ६ –

राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ ।

महाधिवेशन प्रयोजनका लागि गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म सो सदस्यता देशभर वितरण गरिएको थियो । केही जिल्लाबाट तथ्याङ्क आउने क्रम जारी छ । ती साधारण सदस्य मध्येबाट वडा, गाउँ र नगरको महाधिवेशनमा प्रतिनिधिसमेत छनौट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, राजनीतिक कार्यपत्र, विधान, झोलालगायत सन्दर्भ सामग्री सहभागीलाई समयमै उपलब्ध गराउने र महाधिवेशनमा छलफल व्यापक बनाउने तयारीसमेत गरिएको छ । आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म महाधिवेशन काठमाडौँमा गरिनेछ ।

यसअघि राप्रपा तथा राप्रपा (नेपाल)को एकीकरण भएपछि जिल्लाभर रहेका दुवै पार्टीको एकता सम्पन्न गरिएको छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका