Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सडक बिस्तार गर्ने क्रममा हेटौंडामा झडप – Gaule Khabar

सडक बिस्तार गर्ने क्रममा हेटौंडामा झडप

सडक बिस्तार गर्ने क्रममा हेटौंडामा झडप

हेटौंडा, माघ ५-

डिभिजन सडक कार्यलय मकवनपुरले सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा झडप भएको छ। आन्दोलनकारी व्यवसायी र प्रहरीबीच केही समय झडप भएको हो । डिभिजनले आज बिहानबाट पुन सडक अभियानलाई जारी राखेको छ। उता मकवानपुर उद्योग वाणिज्य संघ संयोजक रहेको हेटौँडा बसोबास संरक्षण समितिले प्रर्दशन गरिरहेको छ।   आफै घर भत्काउनेलाई १५ दिनको समय डिभिजन सडक कार्यालय हेटौँडाले सडक फराकिलो अभियानलाई अन्र्तगत  सडकको २५ मिटर क्षेत्रभित्र पर्ने बासिन्दाको निवेदनलाई ध्यान दिँदै आफै घर तथा आफ्नो भौतिक संरचना भत्काउने निवेदन दिनेहरुको लागि १५ दिनको समय थप गरेको छ।

डिभिजनले सूचना जारी गर्दै १५ दिने निवेदन दिनेहरुको हकमा समय दिइएको जनाएको छ। डिभिजनले जारी गरको सूचनाको विषयमा जानकारी दिँदै डिभिजन सडक कार्यालय हेटौँडाका प्रवक्ता जयराम अधिकारीले आजपनि निवेदन दिन सकिने र निवेदन दिएकाहरुको हकमा १५ दिनको समय थप गरिने बताए। उनले अन्यको हकमा त्यो नियम लागु नहुने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका