Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हातहतियार मुद्दामा सलमान निर्दोष, जेल जानबाट जोगिए – Gaule Khabar

हातहतियार मुद्दामा सलमान निर्दोष, जेल जानबाट जोगिए

हातहतियार मुद्दामा सलमान निर्दोष, जेल जानबाट जोगिए

एजेन्सी,माघ ५-

कालो हरिण शिकार गरेको र अवैध हातहतियार राखेको मुद्दामा बलिउड अभिनेता सलमान खानलाई जोधपुर उच्च अदालतले सफाइ दिएको छ। १८ वर्ष पुरानो उक्त मुद्दामा सलमानले सफाइ पाएका हुन्। ५१ वर्षीय सलमान मुद्दाको फैसला सुन्न मंगलबार बहिनी अलवीरा सँगै जोधपुर पुगेका थिए।

सन् १९९८ मा ‘हम साथ-साथ हैं’ फिल्मको सुटिङका क्रममा सलमानले २ वटा काला हरिणको शिकार गरेको आरोप लगेको थियो। फिल्म सुटिङका लागि सैफ अली ख़ान, सोनाली बेंद्रे, नीलम र तब्बू लगायतका कलाकार सलमानको साथमा थिए। सलमानलाई कालो हरिणको शिकार गरेको मुद्दामा राजस्थान उच्च अदालतले यसअघि नै सफाइ दिएको थियो। सलमानलाई यो मुद्दामा तल्लो अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो। जोधपुर उच्च अदालतले मंगलबार सुनाएको फैसला हातहतियार मुद्दाको हो।

सलमान विरुद्ध शिकार गर्ने बेला अवैध हतियार राखेको मुद्दा लगाइको थियो। यसअघि सलमानले हरिण शिकारको मुद्दामा पटकपटक अदालत जानुपरेको थियो। उनी सन् २००७ मा ७ दिन जेल परेका थिए। उनलाई त्यतिबेला अदालतले जमानतमा रिहा गरेको थियो। सलमानले आफूलाई फसाइएको बताउँदै आएका थिए। सन् १९९८ अक्टोबर १५ मा जोधपुर वन विभागले सलमान खान विरुद्ध हातहतियार ऐन अन्तर्गत मुद्दा दर्ता गरेको थियो। सलमानले प्रयोग गरेको हतियारको लाइसेन्स सकिएको आरोप लगाएको थियो। विभागले अवैध हतियारबाट २ वटा कालो हरिणको शिकार गरेको आरोप पनि लगाएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका