Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
गाविस सचिव आन्दोलनमा, सेवाग्राहीलाई सास्ती – Gaule Khabar

गाविस सचिव आन्दोलनमा, सेवाग्राहीलाई सास्ती

गाविस सचिव आन्दोलनमा, सेवाग्राहीलाई सास्ती

काठमाडौं, माघ २० –

भत्ता नपाएको भन्दै देशभरिका गाविस सचिवले काम बन्द गरेपछि सेवाग्राहीलाई समस्या भएको छ । गाविस सचिवको आन्दोलनका कारण सेवाग्राहीलाई भने सास्ती भएको हो ।
धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुगेका सेवाग्राहीलाई समस्या भएको हो । कतिपय जिल्लामा गाविस सविचले आफ्नो कार्यालयको ताला जिल्ला विकास समितिको कार्यालयमा बुझाएका छन् ।
माग पूरा गर्न दिएको समयभित्र सरकारले वास्ता नगरेकाले बिहीबारदेखि सबै काम रोकिएको गाविस हकहित संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजालले बताउनुभयो ।
केन्द्रले अर्थ मन्त्रालयले रोकेको प्रोत्साहन भत्ता तत्काल पाउनुपर्ने, गाउँपालिका–नगरपालिका पुनसंरचान गर्दा कर्मचारी व्यवस्थापनमा आफ्नो प्रतिनिधित्व हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवा बन्द गर्न नहुने स्थानीय निकायको चुनाव हुनुपर्ने गरि पाँचबुँदे माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको थियो । तर सरकारले माग पूरा गर्न चासो नदेखापछि काम बन्द गरेको उनीहरुको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका